चर्चमा बन्दुकधारीबाट आक्रमण, दुईको मृत्य, १७ घाइते

People’s News भदौ ।

गोली हान्ने व्यक्तिको लामो आपराधिक इतिहास नभएको र उनले एक्लैले काम गरेको अनुमान गरिएको छ । आक्रमणकारी अन्दाजी २३ वर्षको भएको बताइएको छ । अनुसन्धानका लागि संघीय विभागका निर्देशक काश पटेलले आक्रमणकारी ‘रोबर्ट वेस्टम्यान’ रहेको बताउनुभएको छ ।

अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका बिद्यालय जाने उमेरका बालबालिकामाथि बन्दुकधारीले हिजो अन्धाधुन्ध गोली चलाउँदा दुई बिद्यार्थीको मृत्यु हुनुका साथै १७ जना घाइते भएका छन् । शहरका प्रहरी प्रमुख ब्रायन ओहाराले पत्रकार सम्मेलनमा आक्रमणकारीले चर्चमा गोली प्रहार गरेको पुष्टि गर्नुभएको छ । मिडवेस्टर्न राज्य मिनेसोटाको सबैभन्दा ठूलो शहर मिनियापोलिसको एक सम्बद्ध क्याथोलिक बिद्यालयको छेउमा उक्त चर्च अवस्थित छ। ओहाराले आठ र १० वर्षका दुई साना बालबालिकाको बेञ्चमा बसिरहेको अवस्थामा मृत्यु भएको थियो । १४ बालबालिकासहित १७ जना घाइते भएका छन् भन्नुभयो । दुई जनाको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो । बन्दुकधारीले राइफल र पेस्तोल प्रहार गरेपछि पार्किङस्थलमा आत्महत्या गरेको प्रहरी प्रमुखले बताएका छन् ।

गोली हान्ने व्यक्तिको लामो आपराधिक इतिहास नभएको र उनले एक्लैले काम गरेको अनुमान गरिएको छ । आक्रमणकारी अन्दाजी २३ वर्षको भएको बताइएको छ । अनुसन्धानका लागि संघीय विभागका निर्देशक काश पटेलले आक्रमणकारी ‘रोबर्ट वेस्टम्यान’ रहेको बताउनुभएको छ । पटेलले एक्समा लेख्नुभएको छ–एफबीआईले क्याथोलिकहरुलाई लक्षित गरी घरेलु आतंकवाद र घृणाजन्य अपराधको रुपमा अनुसन्धान गरिरहेको छ । वेस्टम्यानले अनलाइनमा पोष्ट गरेको भिडियोमा केही पेज लामो आक्रमणको घोषणा र आक्रमणमा प्रयोग गरिएका हतियारको नाम र चित्र देखाइएको छ । यस आक्रमणको राष्ट्रपति डोनाल्ड ट्रम्पसहित धेरैले निन्दा र दुःख व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले शोकको यस घडीमा ह्वाइट हाउसमा अमेरिकी झण्डालाई आधा झुकाउन निर्देशन दिनुभएको छ । क्याथोलिक चर्चको नेतृत्वगर्ने पहिलो अमेरिकी पोप लियो चौधौंले यस घटनाबाट आफू निकै मर्माहत भएको बताउनुभएको छ ।

हेनेपिन काउन्टी मेडिकल सेन्टरमा छ देखि १४ वर्ष उमेर समूहका दुई वयस्क र नौ जना बालबालिकाको उपचार भइरहेको र कम्तीमा चारजनाको तत्काल शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन् । गभर्नर टिम वाल्जले एक्समा लेख्नुभएको छ –मिनेसोटा हृदयबिद्यारक छ । उहाँले जवाफ दिने अधिकारीहरु, पादरीहरु र शिक्षकहरुले सान्त्वना दिनेदेखि, अस्पतालका कर्मचारीहरुले जीवन बचाउने सम्म, हामी एकसाथ मिलेर यो अवस्थाबाट पार पाउनेछौं । आफ्ना सन्तानलाई प्यार गरौँ। सावधानीपूर्वक रेखदेख गरौँ भन्नुभएको छ । प्रहरी घेरा बाहिरको भिडियो फुटेजमा आत्तिएका अभिभावकहरु हरियो पोलो सर्टको बिद्यालय पहिरनमा सजिएका आफ्ना साना केटाकेटीहरुलाई लिएर भागिरहेको देखिन्छ। रासस, एएफपी

पिपुल्स न्युज

Leave a Reply