सहकारी संस्थामा सेयर सदस्यता नक्कली बनाउने कार्य गम्भीर अपराध

Loading

www.pnews.com.np : सहकारी संस्थामा सेयर सदस्यता नक्कली बनाउने कार्य गम्भीर अपराध मानिन्छ र यसलाई नियन्त्रण गर्न सहकारी ऐन, २०७४ तथा अन्य प्रचलित कानुन अन्तर्गत कडा कारबाहीको व्यवस्था गरिएको छ । यसमा नक्कली सेयर प्रमाण पत्र लिने र दिने दुवैलाई कानुनी कार्वाही हुने व्यवस्था छ ।

कानुनी प्रावधान र सजाय : सहकारी ऐन, २०७४ को दफा १२३ र १२४ अनुसार नक्कली सेयर सदस्यता बनाउने वा यसमा संलग्न हुने व्यक्तिलाई कैद सजाय, जरीवाना वा दुवै हुन सक्छ । सहकारीमा नक्कली सदस्यता बनाएर प्राप्त फाइदा असुली गर्न सकिने व्यवस्था गरिएको छ । नक्कली सदस्यताको प्रभावमा आर्थिक हिनामिना भएमा दोषीबाट सम्पूर्ण हर्जाना भराइनेछ ।

ठगी ऐनअन्तर्गत सजाय : नक्कली कागजात बनाउने वा दुरुपयोग गर्ने कार्यलाई ठगीको रूपमा समेत लिइन्छ । ठगी ऐनअनुसार दोषीलाई ५ वर्षसम्म कैद, रु ५०,००० देखि ५,००,००० सम्म जरीवाना वा दुवै सजाय हुन सक्छ ।अभिलेखको किर्ते र प्रमाणिकरणको झुटो प्रमाण पेश गर्नेलाई किर्ते ऐन, २०३१ अनुसार नक्कली कागजात बनाउने र प्रयोग गर्ने व्यक्तिलाई कडा सजाय तोकिन्छ । सजायको दायरा अपराधको गम्भीरताका आधारमा फरक हुनसक्छ ।

सजायको अवधि र प्रकृति : कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई ३ महिना देखि ७ वर्षसम्म कैद सजाय हुन सक्छ । नक्कली सेयर सदस्यता बनाउँदा भएको आर्थिक क्षतिपूर्ति दोषीबाट असुल गरिन्छ ।

प्रक्रिया : नक्कली सदस्यता बनाइएको प्रमाण सहकारी विभाग वा सम्बन्धित निकायमा उजुरी दिन सकिन्छ । सहकारी विभागले अनुसन्धान गरी दोषीलाई अदालतमा पेश गर्नेछ । अदालतले प्रमाणित गरेपछि कानुनी सजाय तोक्नेछ । यस प्रकारको अपराध सहकारी संस्थाको विश्वसनीयता र अर्थतन्त्रमा गम्भीर प्रभाव पार्ने हुँदा यसको अनुसन्धान र कारबाहीमा द्रुत प्रक्रिया अपनाइने व्यवस्था गरिएको छ । सेयर प्रमाण पत्र नक्कली भएको ठहर वा प्राप्त आधार देखिएमा प्रमाण पत्र धारक र त्यसमा प्रयोग भएका हस्ताक्षर गर्ने समेतलाई कानुनी कार्वाहीको भागिदार मानिनेछ ।

Leave a Comment