![]()
People’s News: मिथिलाञ्चलको धरोहरको रूपमा रहेको मेगजिन् चौरीया मेला । मधेश प्रदेशको सप्तरी जिल्ला सप्तकोशी नगरपालिका वडा नं ७ अन्तर्गत त्रियुगा नदी किनारमा अवस्थित बोचहि चौरिया गाउँ प्राकृतिक रूपमा सुन्दर र उदगम स्थलको रूपमा प्रख्यात छ । पूर्वमा त्रियुगा नदी सँगै कोशी टप्पु वन्य जन्तु आरक्ष, उत्तर त्रियुगा नदी तट, पश्चिममा गाउँलाई राजमार्ग सँग जोड्ने सडक र दक्षिण तिर समथर भूभाग रहेको यो सुन्दर र रमणीय ठाउँ मेघिन चौरीया को नामबाट प्रख्यात रहेको छ । यहाँ लाग्ने मेला पनि मेघिन् चौरीया को नाम बाट विख्यात छ ।

पौष शुक्ल पूर्णिमाको दिन आरम्भ हुने माघी स्नान तथा श्री स्वस्थानी ब्रत प्रारम्भको दिन लाग्ने मेलाको दिन सूर्योदय भन्दा पहिले नदीमा स्नान गरे रोग र दोष निको हुने जन विश्वास रहेको छ । यस दिन नदीमा स्नान गरी पूजा आराधना गर्नाले स्वयं भगवान नारायण प्रसन्न हुने मान्यता रहेको छ । यहाँको अर्को विशेषता भनेको माता पार्वतीको पुत्रीको रूपमा अवतरित माता कौशिकी को विशेष पूजाआराधना ले जलजन्य विपद् बाट बच्न सकिने र आरोग्य लाभ प्राप्त हुने विश्वास रही आएको छ ।
मेगाजिन चौरीया मेलाको नामले प्रख्यात यो मेला हाल बढ्दो भौतिक स्रोत साधन र समय परिवर्तन सँगै पर्वरिर्तन् भएको छ । परापूर्वकालमा यो मेला लाग्नुभन्दा तीन दिन पहिले देखिनै वैल गाडा को लश्कर मा भक्तजनको भीड देख्न सकिन्थ्यो भने हाल प्रयाप्त यातायातका साधन पाइने भएकोहुदा यो मेला एकदिनमै सकेर भक्तालुहरु घर फर्किने गरेको छ । यद्यपि मेलामा यातायातको अत्यधिक चाप देख्न सकिन्छ । यो एतिहासिक मेलामा नेपालका विभिन्न जिल्लाहरू तथा सीमावर्ती भारतका केही स्थानहरूबाट श्रद्धालुहरू आउनेगरेको छ ।
मेगहिन चौरियया मेला आफैंमा एउटा एतिहासिक मेलाको रूपमा प्रचलित मेलाको रूपमा रही आएको छ । त्रियुगा नदीको किनारमा लाग्ने यो मेला सम्पूर्ण हिन्दू सनातन धर्मावम्बीहरूलागि आपसी सदभाव र आस्थाको प्रतीकको रूपमा लिन सकिन्छ । यो एतिहासिक मेलाले धर्म संस्कृति आपसी सद्भाव र शिष्टाचारको उच्च गरिमा बोकेको छ ।