नेपालबाट २१ करोड रुपैयाँको कपाल निर्यात, माग बढेकोबढ्यै

Loading

Peoples News ktm : नेपालबाट निर्यात हुने सामग्रीमध्ये कपालको माग बढ्ने क्रममा रहेको व्यापार तथा निकासी प्रवर्धन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नेपालले आर्थिक वर्ष २०७५/०७६मा मात्र २१ करोड रुपैयाँको कपाल निर्यात गरेको छ। अघिल्लो आर्थिक वर्षमा १६ करोड रुपैयाँ बराबर कपाल निर्यात गरिएको थियो । त्यसको चार वर्षअघि साढे दुई करोड बराबरको मात्र निर्यात गरिएको थियो। कपालका अतिरिक्त दाह्री, आँखीभौँ, परेला पनि निर्यात गरिन्छ । विभिन्न ब्यूटीपार्लर र सैलुनले काटेको कपाल जम्मा पारेर कपाल वा कपालबाट बनेको विग निर्यात हुने गरेको बताइन्छ। नेपाल नाई सङ्घका अनुसार एउटा सैलुनबाट एक महिनामा झन्डै चारदेखि पाँच किलोग्राम कपाल जम्मा हुन्छ । नेपालभरि झन्डै १६ हजार र काडमाण्डू उपत्यकामा मात्र झन्डै २५ सयजति सैलुनहरू छन् ।

अनि यो पनि

कपालको शैलीले विवाहित कि अविवाहित चिन्न सकिने गाउँ
हजारौँ डलर खर्च गरेर केश प्रत्यारोपण
किन झर्छ केश?

Leave a Comment