Peoples News : नैतिक आचरणसम्बन्धी मन्त्रालयले मुलुकमा यी कानुनहरूले कसैलाई छुट नदिने बताएको छ । उक्त मन्त्रालय औपचारिक रूपमा सचादार प्रवर्द्धन र दुराचार नियन्त्रण मन्त्रालयको रूपमा चिनिने गरेको छ। अफगानिस्तानमा तालिबानले गत साता अङ्गीकार गरेको नयाँ कानुन “सदाचार प्रवर्द्धन गर्न र दुराचार निर्मूल गर्ने” तर्फ लक्ष्यित रहेको जनाएको छ। सो कानुनले महिलाहरूलाई घरबाहिर ठूलो स्वरमा बोल्न र अनुहार देखाउन लगायतका प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसङ्घले नयाँ तथाकथित “सदाचार र दुराचारसम्बन्धी प्रतिबन्धहरू” को निन्दा गरेको छ र तिनको कार्यान्वयनबारे चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घका एक वरिष्ठ अधिकारीले नयाँ कानुनहरूले “अफगानिस्तानको निराशापूर्ण भविष्यको बाटो देखाएको” चेतावनी हालै दिए । नयाँ कानुनलाई तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाले अनुमोदन गरिसकेका छन् । नयाँ कानुनले नैतिक आचरणसम्बन्धी तालिबानी प्रहरी “मोहत्सबीन” लाई अफगान नागरिकको सार्वजनिक जीवनमा हस्तक्षेप गर्न सक्ने अधिकार प्रदान गरेको छ ।
उनीहरू के लगाउँछन्, सार्वजनिक स्थलमा कसरी देखिन्छन् भन्नेदेखि के खान्छन् र पिउँछन् भन्नेसम्मका कुरामा प्रहरीले हस्तक्षेप गर्न सक्छन् । नयाँ कानुनअन्तर्गत सार्वजनिक स्थलमा महिला आवाजलाई पनि “अनैतिक” मानिनेछ । नयाँ प्रतिबन्धले भन्छः “जब एउटा वयस्क महिला जरुरी कामले घरबाहिर जान्छिन् उनले आफ्नो आवाज, अनुहार र शरीरलाई सार्वजनिक हुन दिनुहुँदैन । शरिया कानुनमा आधारित भई अफगान मन्त्रालयले यस अघिबाटै नैतिक आचरणसम्बन्धी नियमहरू लागु गराउँदै आएको छ । तिनको पालना नगर्ने हजारौँ मानिसलाई पक्राउ गरिएको पनि मन्त्रालयले जनाएको छ । तालिबानका अनुसार ती नियमहरू शरिया कानुनको व्याख्या अनुसार रहेका छन् र नैतिक आचरणसम्बन्धी कानुनले तिनको कार्यान्वयन गराउनेछ । सन् २०२२ मा तालिबानका सर्वोच्च नेताले जारी गरेको आदेशमा आधारित भई नयाँ कानुन ल्याइएको हो जुन आधिकारिक कानुनको रूपमा प्रकाशित भइसकेको छ ।
महिलाबारे कानुनले के भन्छ ? पुरुषहरूलाई दुर्नियत र अनैतिक कार्यतर्फ अग्रसर हुन नदिन” महिलाहरूले अनुहारसहित पूरै शरीर कसरी ढाक्नुपर्छ भन्नेबारे कानुनमा विस्तृत रूपमा उल्लेख छ । कानुन भन्छः
- महिलाले पूरै शरीर ढाक्नुपर्छ
- महिलाले “पुरुषमा गलत भावना आउन नदिन” अनुहार छोप्नुपर्छ
- महिलाको आवाजलाई “आवराह” ठानिन्छ र सार्वजनिक स्थलमा त्यो सुनिनु हुँदैन ।
- अरबी शब्द “आवराह” को अर्थ महिला र पुरुष दुवैका शरीरका ती हिस्सा जसलाई छोप्नुपर्छ भन्ने हो
- महिलाहरूले ठूलो आवाज आउने गरी आफ्नो घरभित्र पनि गीत गाउनु र पढ्नु हुँदैन
- महिलाका पोशाक पातलो, छोटो वा कसिकसाउ हुनु हुँदैन
- रगतको नाता अथवा वैवाहिक सम्बन्ध नभएका पुरुषलाई पनि महिलाले आफ्नो शरीर र अनुहार देखाउनु हुँदैन
- पुरुषहरूलाई पनि नाता नपर्ने महिलाका शरीर र अनुहार हेर्न प्रतिबन्ध लगाइएको छ र वयस्क महिलाले पनि त्यसैगरी गैरपुरुषका शरीर र अनुहार हेर्न प्रतिबन्ध लगाइएको छ।
पुरुषमाथि नयाँ प्रतिबन्ध :
- नैतिक आचरणसम्बन्धी नयाँ कानुनले पुरुषहरूमाथि पनि केही प्रतिबन्ध लगाएको छ ।
- घरबाहिर पुरुषहरूले अब नाइटोदेखि घुँडासम्मका भाग “आवराह” भएकाले तिनलाई छोप्नैपर्छ ।
- शरिया कानुनले भनेभन्दा विपरीत हुने गरी कपाल पाल्न पुरुषहरूमाथि प्रतिबन्ध लगाएको छ ।
- तालिबानले कैयौँ प्रान्तमा दाह्री फाल्न वा छोट्याउन नाईहरूलाई प्रतिबन्ध लगाएको छ। उक्त नियम शरिया कानुनको मर्म अनुसार रहेको उसको दाबी छ ।
- नयाँ कानुनअन्तर्गत दाह्री मुट्ठी बाँध्दा हुने जति लम्बाइको हुनुपर्छ। उक्त कानुनले पुरुषहरूलाई टाई लगाउन पनि प्रतिबन्ध लगाएको छ ।
मोहत्सबीन को हुन् ? : तस्बिरको क्याप्शन, नयाँ नियमले नाता नपर्ने महिला र पुरुषलाई सँगै बस्न मनाही गरेको छ । नयाँ नियमले नाता नपर्ने महिला र पुरुषलाई सँगै बस्न मनाही गरेको छ । मोहत्सबीनहरूले यो कानुन कार्यान्वयन गराउनेछन् र सबै प्रान्तमा उनीहरू खटिनेछन् । उनीहरूले नयाँ कानुन कार्यान्वयन भए वा नभएको हेर्नेछन् र उल्लङ्घन गर्नेहरूलाई अदालतसम्म पुर्याउनेछन् । खासगरी तालिबान नेताको पूर्ण समर्थन पाएकाले नयाँ कानुन कार्यान्वयनसँगै उनीहरूको कार्यकारी भूमिका पहिलाको भन्दा सशक्त हुनेछ । उनीहरूले महिलाहरूको ठूलो स्वर दबाउन सक्नेछन् अथवा उनीहरूको घरमा ठूलो आवाजमा गीतसङ्गीत बजेको खण्डमा बन्द गराउन सक्नेछन् । कपालसम्बन्धी नियम पालना नगरेको पाइएमा पुरुषहरूलाई उनीहरूले कपाल खौरिन वा काट्न लगाउन पनि सक्छन् । बुवा वा दाइ लगायतका नजिकका पुरुष नातेदार साथमा नरहेको खण्डमा महिलालाई ट्याक्सी चढाउनबाट चालकलाई रोक्न सक्ने अधिकार पनि सदाचार प्रहरीलाई हुनेछ । शरिया कानुनबमोजिम हिजाब नलाएका महिलाको हकमा पनि त्यसरी रोक लगाउन सकिने नियम छ । कारमा एकअर्काको छेउमा पनि बस्नमा त्यसले रोक लगाउनेछ ।
सजीवको चित्र कोर्न नपाइने


प्रतिबन्धहरू के हुन् ?
पूर्ण रूपमा कार्यान्वयन हुन बाँकी : तालिबानले धर्मबाट सञ्चालित राज्यसत्ता चलाएको छ र सदाचारसम्बन्धी कानुन कार्यान्वयनबाट पछि हट्नेछैन । तर राजधानी काबुलसहित देशका केही भागमा नयाँ कानुन पूर्ण रूपमा कार्यान्वयन भएको छैन । नयाँ कानुन कार्यान्वयनको ढाँचाबारे उनीहरूले गृहकार्य गरिरहेको सदाचार मामिलासम्बन्धी मन्त्रालयस्थित एउटा स्रोतले बताएको छ । स्रोतका अनुसार ढाँचा बनिसकेपछि नयाँ कानुन कार्यान्वयनको विषय झन् प्रस्ट हुनेछ । यद्यपि कानुनका कतिपय व्यवस्था देशका अरू भागमा कार्यान्वयन हुन थालिसकेको छ । सदाचार मामिला मन्त्रालय अफगानिस्तानका अति सक्रिय कार्यकारी निकायमध्ये एक हो । Copy