![]()
पिपुल्स न्युज : अर्थतन्त्रको तीन खम्भा मध्येको एउटा खम्भाको रूपमा रहेको सहकारी क्षेत्र आज केही सहकारी/ व्यक्तिका कारण बदनाम हुँदै गएको छ। सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ नीति राज्यले लिएको छ। नेपालको संविधानाले समेत दिगो शान्ति, सुशान र समृद्धि हासिल गर्न तीनवटा आधार मध्येको महत्वपूर्ण आधारको रुपमा सहकारी क्षेत्रलाई लिएको छ।
सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुंजीलाई एकिकृत गरी व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रलाई नै आर्थिक , समाजिक एवम सांस्कृतिक उत्थानमा टेवा पुऱ्याउँछ ।
सहकारीको उदेश्य नै समाजमा ब्याप्त गरीबी , बेरोजगरी, आर्थिक शोषण र अन्याय- अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गर्नु हो । सहकारीको माध्यमले धेरै मुलुकहरु समृद्ध भएका छन
त्यसेले,सहकारी सम्बनधी नियमन गर्ने निकाय लाई मजबुत तथा प्रभावकारी बनाई ऐन, नियावली र कार्यविधी लाई कडाईका साथ पालना गर्न लगाई सहकारी क्षेत्रलाई अब उत्पादनशील क्षेत्रमा केन्द्रित गर्न प्रोत्साहन गर्ने रणनीति सरकारले लिनु आवश्यक छ।