के कोरोनाको नयाँ भेरियन्ट घातक आएकै हुन की भ्रमित पार्ने खेल मात्र

Loading

Peoples News : नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब–भेरियन्ट ‘केपी’ संक्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा. सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस संक्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी. १’ ‘केपी. २’ केपी. ३’ र ‘केपी. ४’ पुष्टि भएको थियो । यो प्रजातिको भेरियन्टले मानिसलाई लामो समयसम्म रुघाखोकी लगाउने भए पनि त्यति घातक छैन,’ उनले भने, ‘तर दीर्घरोगी भएका बिरामीले भने सतर्कता अपनाउनु पर्दछ । कोरोनाका भेरियन्ट परिवर्तन भइरहने र पछि इन्फ्लुएन्जाको रूप लिन सक्ने भएकाले नियमित कोरोना भाइरसविरुद्धको खोप लगाउनुपर्ने उनको भनाइ छ। ‘केपी.१’ १२ जनामा, ‘केपी.२’ १७ जनामा तथा ‘केपी. ३’ र ‘केपी. ४’ एक (एकजनामा देखिएको थियो ।

Leave a Comment