![]()
उपसचिवमा राजेन्द्रको ईन्ट्रिको सम्भावना; को हुन राजेन्द्र राजेन्द्र नै किन ?
रविन्द्र ढुंगेल : काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा राजनीति गर्माएको छ , कारण हो नेकपा एमाले बूढानीलकण्ठ नगरपालिकाको दोश्रो नगर अधिवेशन । नेकपा एमाले बूढानीलकण्ठको दोश्रो नगर अधिवेशन यहि चैत्र १६ र १७ गते हुँदैछ । चैत्र १६ गते बूढानीलकण्ठ कपन स्थित ह्याण्डबल मैदानमा खुला सत्र हुँदैछ भने १७ गते बन्द सत्र हुँदैछ ।
यसबीच नगर पार्टि पदाधिकारीमा कस्ता व्यक्तिहरुको प्रवेश हुने भन्ने विषयमा आम चासो बढ्न थालेको छ । पार्टि संगठनमा लामो अनुभव बोकेका राजेन्द्र श्रेष्ठको उपसचिवमा ईन्ट्रिको सम्भावना बढेको छ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ का अध्यक्ष समेत रहेका श्रेष्ठ वैचारिक राजनीतिज्ञ हुन ।
को हुन राजेन्द्र ? : करिब ३ दशक भन्दा लामो समयदेखि राजनीतिमा सक्रिय राजेन्द्र श्रेष्ठले प्ररायुसंघ हालको राष्ट्रिय युवा संघ नेपाल मार्फत आफ्नो राजनीतिक यात्रा सुरु गरे । जनताको नजिक रहेर काम गर्न रुचाउने राजेन्द्र हालका वडा अध्यक्ष हुन । सांगठनिक कौशल भएका राजेन्द्रमा भएको निष्ठा , इमान र नैतिकता ठुलो पुँजी हो । नेकपा एमाले वडा कमिटि पूर्व अध्यक्ष रहेका श्रेष्ठ राजनीतिक उदारता देखाएर सहजै नेतृत्व हस्तान्तरण गरेका पात्र हुन । नेपाली कांग्रेस पार्टि सभापतिको वडामा बिजयको झण्डा फहराएका श्रेष्ठ जनताबाट प्रमाणित पात्र हुन ।
राजेन्द्र नै किन ?: जनतासँगको सम्बन्धलाई विस्तार , व्यापक र बलियो बनाउन । पार्टिको नीतिगत, वैचारिक र सैद्धान्तिक गतिलाई बढाउन । बूढानीलकण्ठ निर्माणको स्पष्ट खाका कोर्न । पार्टिलाई एकताबद्ध बनाएर , जितको बलियो विरासतलाई जोगाउन । आदि ।