साबधान आफ्नो खातामा आएको अज्ञात रकम बारे तत्काल प्रहरीमा खबर गर्नु होला

Loading

पिपुल्स न्युज काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले अञ्जान मानिस वा अज्ञात स्रोतबाट आफ्नो ईसेवा खाता वा अन्य कुनै बैंक खातामा आएको रकम कहिल्यै प्रयोग नगर्न अनुरोध गरेको छ ।

कतिपय अबस्थामा अपराधीक मानसिकता भएको व्यक्तिले अरुकै नाममा चेक काट्ने र चिनजानको अबस्थामा आबस्यक कागजात लिने र त्यहि कागज प्रयोग गरि आफै रकम झिक्ने तर बैंक्कले नागरिकता भए पछि खासै चेकजांच नगर्ने भएकोले अपराधी अबसरको फाइदा उठाएको देखिएको छ ।

बुधबार एक सूचना जारी गर्दै कम्पनीले सर्वसाधारणलाई यस्तो अनुरोध गरेको हो ।

यस्तो स्रोतबाट आएको रकमका कारण भविष्यमा केही अप्रिय समस्या निम्तिन सक्ने कम्पनीले चेतावनी दिएको छ । साथै कम्पनीले यस्तो जोखिमबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आह्वान गरेको छ ।

Leave a Comment