![]()
पिपुल्स न्युज : सहकारी संस्थाहरु बचत रकम नै फिर्ता गर्न नसक्ने गरि समस्यामा पर्नुका पछाडी सञ्चालकहरुको महत्वकांक्षा नै प्रमुख कारण रहेको पाइएको छ । पछिल्ला समयमा सहकारीमा परेका उजुरीको अध्ययन तथा अनुसन्धानमा यस्तो भेटिएको छ ।
सहकारी सञ्चालकहरुको तत्काल अर्बपति बन्ने महत्वकांक्षाले सहकारी संस्थाहरुमा समस्या देखिएको हालको अवस्थाले प्रस्ट देखाई सकेको छ । अधिकांश सहकारीहरुमा देखिएको समस्याको प्रकृति हेर्दा सहकारी सञ्चालकहरुको रातारात धनी बन्ने, संस्थाको पैसा भ्रस्टाचार गर्ने नियत राखी महत्वकांक्षा नै समस्याको प्रमुख कारण हो ।
हाल समस्याबाट बचेका हरेक सहकारीले तत्कालै भ्रस्टचारी मानसिकता, नैतिकतापतन भएका, मनसाय पुरा नभए संचालक समिति नै भंग गर्ने, नबस्ने जस्ता कार्य गर्ने हुनेलाई तत्काल सहकारीबाट हटाए मात्र बाँकि सहकारीको भलो हुने छ अन्यथा ढिलोचांडो समस्या हुन सक्ने अवस्था देखिन्छ ।
सञ्चालक नै मुख्य कारक कसरी ?
हाल देश भरिबाट सीआइबीमा परेका निबेदन मध्ये ९९% मा मुख्य कारण संचालक समिति माथि नै आएको देखाए । सीआईबीका एसएसपी आचार्यका अनुसार अनुसन्धानले सहकारी संस्थाका सञ्चालकका कोषाध्यक्ष, सचिबको मिलोमतोमा ऋण समिति र ब्यबस्थापकले कमसल धितोमा धितो मूल्यांकनभन्दा बढी रकम कर्जाका रुपमा दिएको र त्यस्तो कर्जा ऋणीबाट आफूले लिएर अपचलन गरेको पाइएको छ ।
‘सबै सहकारीमा यो समस्या देखियो’ उनले भने, ‘कमसल धितोमा बढी कर्जा दिने, एक दिनमै कागज मिलाएर धितो मूल्यांकन सक्ने र त्यसरी दिएको कर्जा सञ्चालक आफूले पनि मिलेमतोमा उपयोग गर्ने गरेको पाइयो ।
ऋणीबाट मिलेमतोमा लिएको पैसा सहकारीका सञ्चालकका केहि सदस्यले जग्गा किन्नमा, प्लटिङ्ग गर्नमा बढी खर्चिएको देखियो । त्यस्तै, जति पनि सहकारीमा समस्या देखिएको भनिएको छ, ति सहकारीका सञ्चालकले सहकारीमा सदस्य नै नभएका व्यक्तिलाई पनि ऋण दिएको पाइएको छ ।
सहकारी सञ्चालकले आफ्ना आफन्तलाई कमजोर धितो राखेर त्यसको अधिक मूल्यांकन गराएर धितो मूल्यांकनभन्दा अधिक कर्जा दिलाएकाले मुख्य दोषी ऋणी नभई सहकारी सञ्चालक नै देखिएको प्रहरीको बुझाई छ ।
धेरै जसो संचालक समिति सदस्यहरु पुख्र्यौली रुपमै धनाढ्य नरहेका तर, तत्काल धनी हुने सपना देखेकाहरुले चलाएका सहकारीमा समस्या देखिएको हो । कतिपय व्यक्ति सहकारीमा आबद्ध भई भ्रस्टाचार मानसिकताको भएको र तिनले सहकारीको रकम चलाउन खोज्दा अन्य सदस्यद्वारा रोक्टोक भएमा समिति नै छोड्ने, नबस्ने, आदि इत्यादी धै धम्कि दिने गरि आफ्नो इक्षा पुरा गर्ने गरि सहकारीलाई दुहुनो गाइ बनाउने तर उक्त रकम सहकारीमा फिर्ता नगर्नेको कारण पनि सहकारी समस्याको बाटोमा हिनेको देखियो ।
देशभरी रहेका सहकारी मध्ये समस्याग्रस्त सहकारी २५% मात्र रहेको हुँदा पनि केहि अभियन्ताहरुको कारण सम्पुर्ण सहकारीहरुको बेजती गर्नु उचित होइन ।
सभ्य समिति, सभ्य सहकारी,
सभ्य कर्मचारी, सभ्य नीति