लुम्बिनी: बुद्ध जन्मस्थल आएका विदेशी पर्यटक तत्कालै फर्किँदा बौद्ध सर्किटको औचित्यमा प्रश्न

Loading

Peoples News ktm : स्थलमार्गबाट नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने नाकाको चिनारी बनाएको रूपन्देहीको बेलहियाले केही वर्षयता आएकै दिन पर्यटकहरू बाहिरिने नाकाको रूपमा पनि चिनिन थालेको छ । नेपाली अध्यागमन अधिकारीहरूका अनुसार तेस्रो मुलुकबाट प्रत्येक दिन सयौँ पर्यटक यो नाकाबाट लुम्बिनी भ्रमण गर्न आउँछन्। तर उनीहरू आएकै दिन वा भोलि पल्ट नै त्यही बाटोबाट बाहिरिन्छन् । विज्ञहरूले भारतीय पक्षले निर्माण गरेको बौद्ध सर्किटको ढाँचाका कारण त्यस्तो भइरहेको औँल्याएका छन् । त्यसैले लुम्बिनी र नजिकै रहेका पुरातात्त्विक तथा धार्मिक महत्त्वका विभिन्न स्थानमा पर्यटकहरूलाई आकर्षित गर्न सरकारले पहल गर्नुपर्ने बताएका छन्।

लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउने प्रयास भइरहेको नेपाली पक्षको भनाइ छ।
कसरी आउँछन् पर्यटक ? अध्यागमन कार्यालय बेल्हियाको अभिलेखअनुसार गत वर्ष श्रीलङ्काबाट मात्र करिब ६० हजार पर्यटक सो नाका हुँदै नेपाल प्रवेश गरेका थिए । तर सोही कार्यालयको अभिलेखमा उनीहरूको नेपाल बसाइ भने औसतमा केही घण्टा मात्र देखियो ।

ऊ थान्तको लुम्बिनी विकासमा कस्तो योगदान
लुम्बिनी प्रदूषणका कारक उद्योग सार्न आग्रह
उक्त नाका हुदै बर्सेनि सबैभन्दा बढी पर्यटकहरू श्रीलङ्काबाट आउने गर्छन्।
त्यसपछि म्यान्मार, थाईल्यान्ड, भियतनाम आदि देशबाट आउने गरेको विवरण अधिकारीहरूले दिए । बेल्हिया नाकाबाट पोहोर भारतीयबाहेक झन्डै एक लाख ७० हजार पर्यटक नेपाल भित्रिएका थिए।

तर जुन देशबाट आए पनि उनीहरूको बसाइ एक वा दुई दिनभन्दा बढी हुने गरेको छैन।

अध्यागमन कार्यालय बेल्हियाका प्रमुख गिरिराज खनालका अनुसार गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणकै लागि आउने उनीहरू भारतकै पथप्रदर्शकको योजनामा यता आउने गर्छन्।

“उनीहरूले बौद्ध सर्किटलाई एउटा प्याकेजको रूपमा लिएर आउने रहेछन्। भारतको बनारस आउने र बोधगया हुँदै कुशीनगर भएर लुम्बिनी आउने र फर्किँदा चाहिँ श्रावस्ती भएर बाहिरिने गरेका छन्।”

भारतीय पथप्रर्दशकले लुम्बिनीका अन्य गुम्बामा पर्यटकलाई नलग्ने भएकाले उनीहरूको नेपाल बसाइ अत्यन्तै छोटो भएको संस्कृतिविद् गितु गिरी बताउँछन्।
नेपाली निकायले के गर्दैछ?

गिरीका अनुसार नेपालमा बसाइ लम्ब्याउने खालको सोच नै नहुनु अर्को ठूलो समस्या हो । उनले भने, “उनीहरूले (भारतीय पथप्रदर्शकहरूले) सीधै ल्याउँछन्। कपिलवस्तु भनेपनि मुख्य हाम्रो तिलौराकोट हो, त्यहाँ पर्यटकलाई लग्दैनन्। उनीहरूले आफ्नै भूभागमा लगेर यो कपिलवस्तु हो भनिदिन्छन्। नेपालको लुम्बिनी जन्मस्थान हो भनेर देखाउँछन्, तर अरू ठाउँहरूमा लैजाँदैनन्।”

‘मानव अवशेष विसर्जन’ बारे छानबिन हुँदै
के हुँदैछ अन्तर्राष्ट्रिय त्रिपिटक वाचनमा

उनले लुम्बिनी विकास कोषले यस विषयमा खासै ध्यान नदिएको बताए।

संस्कृतिविद् गिरीका अनुसार भारत हुँदै आउने पर्यटकहरूलाई प्राचीन कपिलवस्तु भनेर भारतकै सिद्धार्थनगरको पिपरहवा देखाउने गरिएको छ।

लुम्बिनी विकास कोषका निमित्त सदस्यसचिव सरोजकुमार भट्टराईले चाहिँ पर्यटकको बसाइ लम्ब्याउनका लागि कोषले विभिन्न कार्यक्रम गरेको दाबी गरे । उनले आध्यात्मिक भूमिमा पर्यटकलाई तडकभडक देखाएर रोक्न पनि सान्दर्भिक नहुने बताए।

उनी भन्छन्, “अहिले केही सुधार अवश्य छ तर पर्यटकको बसाइ लम्ब्याउने कुरामा नगरपालिका, होटल व्यवसायी आदि विभिन्न स्थानीय साझेदारको पनि भूमिका हुनुपर्छ।”
लुम्बिनीबाट कहाँ जान्छन्?

पोहोर नेपाल आएका एक लाख ७० हजार विदेशी पर्यटकमध्ये केही चितवन र पोखरासम्म पुगेको देखिन्छ।

“लुम्बिनी पर्यटकीय मात्रै नभएर आध्यात्मिक स्थल पनि हो। त्यसैले गुरुयोजना क्षेत्रभित्र कोषले तडकभडक हुने खालका कार्यक्रम गर्न सक्दैन र गर्नु पनि हुँदैन,” भट्टराई भन्छन् ।तर पहिलेभन्दा सुधार भएको छ त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ।”

यस क्षेत्रमा लुम्बिनीबाहेक कपिलवस्तुको तिलौराकोट र परासीको रामग्राम पनि बुद्धसँग जोडिएका महत्त्वपूर्ण स्थल हुन्। तर ती स्थानमा पर्यटकहरू हत्तपत्त पुगेको देखिँदैन । savar

Leave a Comment