![]()
पिपुल्स न्युज काठमाडौँ : सहकारी बिभागद्वारा एक सूचना जारी गर्दै समयमा विवरण नबुझाएका सहकारीलाई ताकेता गरेको छ । गत कात्तिक २४ गते निर्देशन जारी गर्दै मंसिर मसान्तभित्र विभागमा पेश गरिसक्नुपर्ने स्वेतपत्र, बचत फिर्ता कार्ययोजना र सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरु र व्यवस्थापकको सम्पत्ति विवरण पेश गर्न विभागले भनेको थियो ।
तर, कतिपय सहकारी संस्थाहरुले तोकिएको समयमा उक्त विवरण पेह नगरेको विभागको भनाई छ ।
तोकिएको समयभित्रै उक्त विवरणहरु पेश नगर्ने सहकारी संस्थाहरुले के कति कारणले विवरण पेश नगरेको हो, चित्तबुझ्दो आधार र कारण खुलेको स्पष्टिकरणसहित ३० दिनभित्र उल्लेखित सम्पूर्ण विवरणहरु पेश गर्न विभागले पुन सूचना जारी गरेको हो ।
समयमा विवरण नबुझाएमा कानुनी कारवाही गरिने समेत विभागले जनाएको छ ।