![]()
पिपुल्स न्युज काठमाडौं । बिगत केहि बर्ष एता हरेक बैंकले जनतालाई घरजग्गा बिहिन नै गरेका थिए जसबाट बैंकबाट ऋण लिनेको संख्या शुन्य प्रतिशतमा झरेका छन । जसबाट सम्पूर्ण बैंक ऋण प्रबाह नभएर पिडित नै भएर ब्याज घटाएको घटा्यै छ तत्पश्चात पनि ऋण प्रबाह भने स्थिर नै छण । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र कुमारी बैंकले ब्याज दर थप घटाएका छन्।
पुस १ गतेदेखि लागू हुने गरि यी बैंकहरुले ब्याज घटाएका हुन्। स्ट्यान्डर्ड चार्टर्डले अल्पकालिन निक्षेपलाई अलिकति बढी ब्याज दिए पनि लामो अवधिको निक्षेप निरुत्साहित गर्ने नीति लिएको छ। बैंकले मंसिरबाटै यस्तो रणनीति लिएको हो।
चार्टर्डले पुस १ गतेबाट लागू हुने मुद्दती निक्षेपको ब्याज ८.९७ प्रतिशतबाट घटाएर ८.५६ प्रतिशतमा झारेको छ। यो ९१ दिनसम्मको मुद्दती निक्षेपका लागि हो।
त्यसभन्दा माथि अवधिको ब्याज थप घटाइएको छ। ५.२५ प्ररतिशतसम्म रहेको ब्याजलाई घटाएर ५ प्रतिशतमा झारिएको छ। बैंकको कात्तिकको आधार दर ७.८४ प्रतिशत छ। तीन महिनाको औसत् आधार दर भने ८.२२ प्रतिशत छ। बैंकले ४ प्रतिशतको स्प्रेडमा काम गरिरहेको जनाएको छ।
कुमारी बैंकले यो साता दोस्रो पटक ब्याज दर घटाएको छ। मौद्रिक समीक्षा गत शुक्रबार जारी भएको भोलिपल्टै शनिवार बैंकले ब्याज दरमा प्रतिक्रिया जनाइसकेको थियो। उसले १०.०१ प्रतिशतको ब्याजलाई घटाएर ९.६१ प्रतिशतमा झारेको थियो।
राष्ट्र बैंकले नीतिगत दर हेरफेर गरेमा बैंकहरुले उत्तिनै बेला आफ्नो ब्याज तलमाथि गर्न सक्छन्। नभए मसान्तसम्म ब्याज सार्वजनिक गर्नु पर्ने हुन्छ।
कुमारीले पुस १ गतेबाट लगू हुने ब्याज शुक्रबार सार्वजनिक गरेको छ। बैंकले ५ वर्षभन्दा माथिको निक्षेपको ब्याज अधिकतम ९.३१ प्रतिशत तोकेको छ, जुन गत शनिबारको भन्दा थप तल हो।
साथै एक वर्षसम्मको ब्याज ७.७५ प्रतिशत तोकेको छ। बैंकको कात्तिकको आधार दर १०.७७ प्रतिशत छ। बैंकले ४.१४ प्रतिशत स्प्रेडमा काम गरेको जनाएको छ। यो स्प्रेड कात्तिकको हो।