![]()
People’s News : कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि घर भत्किएर मानिसहरू खुला चौरमा बास बस्नुपरेको छ । विशेषतः यहाँका सुत्केरी महिलाहरू कष्टपूर्ण अवस्थामा छन् । घर भत्किएपछि उनीहरू आफ्ना शिशु च्यापेर पालमुनि बस्नुपरेको छ । गौरी रावल, काजल विक, सम्झना विक आफू र बच्चाका लागि न्यानो कपडा र पोसिलो खानेकुराको आश गरेर पालमुनि बसिरहेका छन् ।