पत्रकारले अब जबर्जस्ती गरे प्रेस काउन्सिलद्वारा कार्वाही हुने

Loading

Peopels News : स्पेस फोके टेलिभिजनका पत्रकार कपिल शाहीले रिपोर्टिङ गर्ने क्रममा सरकारी कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेपछि काउन्सिलले उनीसँग सोधपुछ गरेको हो । रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारबाही हुनुपर्ने आवाजसमेत उठेको थियो । काउन्सिलले उक्त विवादास्पद् कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो । उनी काठमाडौं उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका थिए । उनको प्रश्न सोध्ने शैली, प्रस्तुती, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाइबुझाइ गरेका थिए ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट् नहुने भन्दै मर्यादित र जिम्मेवार हुन आग्रह गरेका थिए । काउन्सिलले पछिल्लो समय अनलाइनमार्फत् चल्ने टेलिभिजन र युट्युब च्यानललाई विशेष निगरानी गर्दै आएको छ । पत्रकार शाहीले आफ्नो गल्ती स्वीकार्दै अबदेखि नदोहोर्‍याउने प्रतिवद्धतासहित माफी मागेको काउन्सिलले जानकारी दिएको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले विभिन्न प्रश्न सोध्दै सचेत गराएका थिए । आजको अन्नपुर्णमा छापिएको  ….

Leave a Comment