नेपाल बैंक एकसाथ ५ ठाउँमा स्थापना

Loading

Peoples Online News नेपाल बैक लिमिटेडले बैकिंग पहुंच विस्तार गर्ने क्रममा पाल्पा, गुल्मी, नवलपरासी (पश्चिम) र काश्कीमा शाखा, काउन्टर तथा एटिएम आउटलेट एकसाथ विस्तार गरेको जनाएको छ । यसै क्रममा प्रदेश नम्बर ५ पाल्पा जिल्लाको छहरामा स्थापित नेपाल बैक लिमिटेड छहरा शाखाको नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जिवी नेपाल र नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले संयुुक्त रुपमा समुद्घाटन गरे ।
सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपालले आर्थिक कारोबार गर्दा तमसुक तथा कागजातहरु राम्ररी पढेर विचार पु-याइ गरेमा बैंकसंगको सम्बन्ध सुमधुर हुने र आफू पनि ठगिनु नपर्ने कुरामा सेवाग्राहीको ध्यानाकर्षण गर्दै कारोबार बैंकसंग नै गर्नुपर्ने कुरामा जोड दिए ।
नेपाल बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारीले कृषि पर्यटन लघु उद्यम आदीका क्षेत्रमा लगानी बढाउन यस स्थानमा सरकारी बैक आएको वताउंदै बैकसंग कारोवार गरि आर्थिक समृध्दि हासिल गर्न स्थानीय जनतासंग आग्रह गरे । यसैगरि गुल्मीको चन्द्रकोटमा पुनस्र्थापित नेपाल बैक लिमिटेड शान्तिपुर शाखाकोे नेपाल बैक संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले संयुक्त रुपमा उद्घाटन गरे । savar

Leave a Comment