![]()
People’s News : काठमाडौं : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आज बेलुका चीन जाने भएका छन्। चीनका प्रधानन्यायाधीश चाङ च्युइनको निमन्त्रणामा श्रेष्ठ चीन जान लागेका हुन् सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले चिनियाँ प्रधानन्यायाधीशको निमन्त्रणामा प्रधानन्यायाधीश श्रेष्ठ चीन जान लागेको बताए । चीनमा रहँदा प्रधानन्यायाधीश श्रेष्ठ चाइना ल फोरमले गरेको कार्यक्रममा सहभागी हुनेछन् । प्रधानन्यायाधीश श्रेष्ठ र चिनियाँ प्रधानन्यायाधीश चाङबीच दुईपक्षीय भेटवार्ता हुनेछ । प्रधानन्यायाधीशको भ्रमण टोलीमा न्यायाधीश डा.आनन्द मोहन भट्टराई र मुख्य रजिष्ट्रार लालबहादुर कुँवर सभागी हुनेछन् । श्रेष्ठ कार्त्तिक १७ गते स्वदेश फर्कनेछन् । आजै बिहान प्रधानसेनापति प्रभुराम शर्मा चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा चीन प्रस्थान गरेका छन् ।