![]()

पिपुल्स न्युज : भ्रस्टाचारले आफ्नो छाप हरेक व्यक्तिमा यसप्रकार गाडेका छन कि कोइ उम्किन नसक्ने अबस्थामा छ यसै क्रममा साउथ अभिनेता विशालको आरोपपछि सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन अर्थात् सेन्सर बोर्ड विवादमा परेको छ ।
साउथका चर्चित अभिनेता विशालले आफ्नो फिल्म मार्क एन्टोनीको सर्टिफिकेटका लागि आफूसँग ६ लाख ५० हजार घुस मागेको र त्यो रकम तिर्नुपरेको दाबी गरेका छन् । विशालका अनुसार मार्क एन्टोनीको फिल्मको हिन्दी संस्करण पास गराउन मुम्बईस्थित सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनका दुई अधिकारीलाई घूस दिनुपरेको थियो ।
विशालका अनुसार ३ लाख स्क्रिनिङ र ३.५ लाख सर्टिफिकेटका लागि घुस दिनुपरेको थियो । साउथ अभिनेता विशालले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै यो जानकारी दिएका हुन् । विशालले घुस रकम पठाइएको बैंक खाताबारे पनि जानकारी दिएका छन् । विशालको आरोपपछि सेन्सर बोर्ड चर्चामा आएको छ र केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयले पनि छानबिन गर्न आदेश दिएको छ ।
यसैबीच सीबीआई अनुसन्धानको माग पनि उठिरहेको छ । सेन्सर बोर्डका पूर्व सदस्य अशोक पण्डितले सीबीआई जाँचको माग गरेका छन् । सेन्सर बोर्डका पूर्व सदस्य अशोक पण्डितले एक अन्तर्वार्तामा आईएफटीडीएको तर्फबाट सेन्सर बोर्डका अध्यक्ष प्रसुन जोशीलाई पत्र लेखेर यस विषयमा सीबीआई अनुसन्धानको माग गरेको बताए ।
अशोक पण्डितका अनुसार साउथका अभिनेता विशालले जसलाई पैसा दिएका व्यक्तिहरु सेन्सर बोर्डका कर्मचारी नभएकाले जसलाई पैसा दिइएको हो छानबिन हुनुपर्ने बताए
