पर्सा, वीरगंज । भाद्र १४ गते । वीरगंज महानगरपालिका वडा नं. १० को शिव पार्वती धर्मशालामा आयोजित पार्टी प्रवेश कार्यक्रमको अध्यक्षता आम आदमी पार्टीको केन्द्रीय प्रवक्ता भरत भूषण पाण्डेयले गर्नु भएको थियो । गोविन्द गुप्ता, प्रदीप कुमार गुप्ता, विनोद ढकाल, अमित पटेल, ज्योति गुप्ताको नेतृत्वमा राजपा, समाजवादी, नेपाली काँग्रेस, नेकपा पार्टीलगायत अन्य पार्टी परित्याग गरि ५०० ंको संख्यामा मानिसहरु आम आदमी पार्टीमा प्रवेश गरेका छन् ।
आम आदमी पार्टीको राष्ट्रिय अध्यक्ष तथा उपाध्यक्ष मधुमाया यादबले टीका, माला लगाई स्वागत गर्दै आम आदमी पार्टीको सदस्यता दिनु भएको थियो ।
शक्तिशाली सरकार दिएर पनि जनताले राहत पाउन नसकेको, भ्रष्टाचारमा लिप्त रहेको, करको बोझमा जनता दब्दै गएकोले देशमा रहेको अन्योलग्रस्त राजनीतिले जनतामा ल्याएको नैराश्यताका कारण वैकल्पिक शक्तिको निर्माण आवश्यक भएको महसूस गरि आज मानिसहरु आम आदमी पार्टीमा प्रवेश गरेका छन् ।
वर्तमान सरकार (संघीय वा प्रदेश) सरकार चलाउन असक्षम भएको, सतहमा आएको आन्दोलनले स्पष्ट देखाएको छ । विस्तारै सबै आन्दोलन पुनश्च संगठित भई रहेको अवस्थामा हामीले पनि वैकल्पिक शक्तिको निर्माण गर्नु आवश्यक रहेको भन्ने आशयका साथ विभिन्न वक्ताहरु केन्द्रीय सहमहामन्त्री रामा थारुज्यू, केन्द्रीय सदस्य वृज साह, केन्द्रीय सदस्य कसमोद्दीन अंसारी, केन्द्रीय सचिव लक्की शर्मा, रौतहट जिल्ला अध्यक्ष सन्तोष साहले सम्बोधन गर्नु भएको थियो ।
पार्टीलाई विश्वास गरि प्रवेश गर्नु हुने नवप्रवेशी सदस्यहरुको विश्वासलाई उच्च कदर गर्दै आम आदमी पार्टीको राष्ट्रिय अध्यक्ष अशोक यादबले मधेश आन्दोलनको अधुरो सपना पूरा गर्ने प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।
