डेङ्गीको प्रकोप ‘टायर सबभन्दा खतरनाक’

Peoples News : डेङ्गी रोग फैलाउने एडिज नामक लामखुट्टेले जमेका पानीमा अण्डा पार्छ । “त्यसैले यो रोग फैलनबाट रोक्न सबैभन्दा मुख्य काम पानी जम्ने ठाउँ नष्ट गर्नु नै हो,” डा मरासिनीले भने । “अझ विशेषगरी सहरबजारतिर पुराना टायर यत्तिकै फालेर राखिएका छन् भने त्यसले लामखुट्टेलाई हुर्कने असाध्यै अनुकूल वातावरण दिन्छ,” उनले विगतको उदाहरण दिँदै टायरकै कारण वीरगञ्जमा डेङ्गीको प्रकोप फैलिएको सम्झना गरे । “२०६३/६४ ताका वीरगञ्जमा निकै डेङ्गी फैलिएको थियो। झण्डै चार सयलाई सङ्क्रमण भएको थियो।” “त्यतिखेर त्यहाँ आन्दोलन भयो र बसपार्कनिर धेरै टायर राखिएको एउटा ठाउँ रहेछ। तिनै टायर आन्दोलनकारीले जलाएपछि लगत्तै सङ्क्रमण स्वाट्टै घटेको थियो।” डेङ्गी सङ्क्रमण रोक्ने मुख्य उपाय भनेको लामखुट्टे नियन्त्रण हो . डेङ्गी रोगसम्बन्धी अनुसन्धानमा संलग्न उपप्राध्यापक रेश्मा तुलाधर भन्छिन्, “मोटर वर्कशप वरपर रहेका टायरहरूबाट सचेत हुनुपर्छ । “कतिपय ठाउँमा पानी जमेर नबसोस् भनेर त्यसरी फालिएका टायरमा प्वाल पारिदिने गरेको पनि पाएको छु ।” त्यस्ता टायर वर्कशप काठमाण्डूमा पनि चक्रपथ वरपर धेरै रहेको भन्दै उनले सचेत हुनुपर्ने बताइन्।

पिपुल्स न्युज

Leave a Reply