सरकारको विकल्प खोज्‍ने कांग्रेसको प्रस्तावमा जसपा मौन

Loading

People’s News : काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टी (जसपा) का नेता महन्थ ठाकुरबीच आइतबार भेटवार्ता भएको छ ।वर्तमान सरकारको विकल्पबारे छलफल भए पनि निश्कर्ष केही निस्केको छैन । नेता पौडेल ठाकुरसँग भेट्न आइतबार दिउँसो कौसलटारस्थित ठाकुरको निवास पुगेका थिए । ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग यसअघि भएका वार्ताबारे पनि जानकारी गराएका थिए । मधेसका माग सम्बोधन गर्ने मुद्दामा प्रधानमन्त्री ओलीसँग सकारात्मक रुपमा सम्वाद भइरहेको ठाकुरले बताएका थिए । ठाकुरले जसपाले उठाएका मुद्दा र माग सम्बोधन गरेर नयाँ गठबन्धन गर्नेतर्फ कांग्रेस उदासिन देखिएको र आफूहरूसँग कुनै परामर्शन नगरीकन केन्द्रिय समितिबाट आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको गुनासो पनि गरेका थिए। भेटमा पौडेलले  ओलीको विस्थापनका लागि जसपाको निर्णायक भूमिका हुने भन्दै ठाकुरलाई महत्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । तर ठाकुरले स्पस्ट जवाफ दिएका छैनन् । ठाकुरले पार्टीभित्र छलफल गरेर थप कुरा गरौंला भनेका थिए । सरकारको विकल्पबारे साझा धारणा बनाउन पौडेलले ठाकुरसँग कुराकानी गरेको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले अन्नपूर्ण अनलाईनलाई बताए । अधिकारीका अनुसार संसद विघटन गर्ने कदमविरुद्ध आन्दोलित भएका कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर वैकल्पिक सरकार बनाउँदा राजनीतिक कोर्स स्वभाविक रुपमा अघि बढ्ने प्रस्ताव पौडेलले राखेका थिए । नेपाली कांग्रेसको गत शुक्रबार बसेको केन्द्रिय समितिको बैठकले ओलीको राजीनामा माग्‍ने र आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो। तर आइतबारसम्म त्यसबारेमा ठोस् गृहकार्य भएको छैन। माओवादी केन्द्र त्यसका लागि तयार भए पनि जसपा अहिले अन्योलमा छ। अहिले जसपाले सरकार र विपक्ष गठबन्धन दुवैतिर कुराकानी जारी राखेको छ। तर कता जाने भनेर अहिलेसम्म संस्थागत निर्णय लिएको छैन।  जसपाको साथ पाए ओली सुरक्षित हुनेछन् भने उसको सहयोगबिना कांग्रेस र माओवादी केन्द्रसहितकको सत्ता गठबन्धन पनि संभव हुँदैन। जसपा तटस्थ बसिदियो भने न ओलीले विश्‍वासको मत पाउनेछन् न त वैकल्पिक सरकार बन्‍नेछ। त्यो अवस्था मुलुक फेरि स्वभाविक रुपमा चुनावमै फर्किने अवस्था बन्‍नेछ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री बन्‍न १ सय ३८ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२०, कांग्रेसका ६३ ९२ निलम्वित०, माओवादी केन्द्रका ४९ ९सभामुख मतदान गर्न नमिल्ने र तीजना एमालेतिर फर्केको०,जसपाका ३४ सांसद छन्। तीनजना स्वतन्‍त्र हैसियतमा छन् । L

Leave a Comment