ट्रम्पद्वारा अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको मृत्यु भएको पुष्‍टि

Loading

Peoples News : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अल-कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन वासिङ्टनको कारबाहीमा मारिएको पुष्‍टि गरेका छन् । गत महिना गुप्तचर स्रोतहरूलाई उद्धत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले उनी हवाई हमलामा मारिएको जनाएका थिए । अल-कायदा संस्थापक ओसामा बिन लादेनका छोराको ‘मृत्यु’ अमेरिकाको निसानामा ओसामा बिन लादेनका छोरा अमेरिकाले उनलाई दुई वर्षअघि औपचारिक रूपमा विश्वका लागि खतरनाक आतङ्कवादीको सूचीमा राखेको थियो । हम्जा बिन लादेन आफ्ना बुवाको स्थान लिनेगरी अल कायदाको नेताका रूपमा उदाइरहेको बताइएको थियो ।

विज्ञप्‍ति
३० वर्षका बताइएका उनले पछिल्लो समय श्रव्यदृश्य सामग्रीमार्फत् अमेरिका र उसका पश्चिमा साझेदारसँग सन् २०११ मा मारिएका आफ्ना बुवाको हत्याको बदला लिनुपर्ने बताउँदै आएका थिए ।
“अल-कायदाका बरिष्ठ सदस्य एवं ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेन अमेरिकाले अफ्गानिस्तान/पाकिस्तान क्षेत्रमा गरेको प्रतिआतङ्कवाद कारबाहीमा मारिएका छन्,” इटहाउसद्वारा जारी गरिएको संक्षिप्त विज्ञप्तिमा ट्रम्पले भनेका छन् । तर उक्त विज्ञप्तिमा कारबाही गरिएको समय भने खुलाइएको छैन ।

अल कायदा अहिले कहाँ छ?
आफ्नी आमाको नजरमा बिन लादेन गत फेब्रुअरीमा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने वासिङ्टनले बताएको थियो । हम्जाले अबर प्राय:द्वीपका जनतालाई विद्रोह गर्न आह्वान गरेका थिए । साउदी अरेबियाले भने गत मार्च महिनामा उनको नागरिकता खोसेको थियो ।

अनुमान
उनी कहाँ छन् भन्नेबारे फरकफरक अनुमान पाइने गरेका थिए । त्यसअघि उनी इरानमा घरभित्रै नजरबन्दमा राखिएको ठानिएको थियो । तर अन्य समाचारहरूमा उनी अफगानिस्तान, पाकिस्तान र सिरियामा पनि बसेको हुन सक्ने समेत जनाइएको थियो । कसैले उनी आफ्नी आमासँग थुप्रै वर्ष इरानमा बसे र त्यहीँ नै उनको विवाह समेत भयो भन्ठान्छन् । अर्काथरीको अनुमान भने उनी पाकिस्तान, अफगानिस्तान वा सिरियामा कतै लुकेर बसेका थिए भन्ने थियो ।

उदाउँदा
सन् २०११ मा पाकिस्तानस्थित ओसामा बिन लादनेको निवासमा छापा मार्दा बरामद गरिएका दस्ताबेजहरूले हम्जालाई अल-कायदाको नेतृत्व सम्हाल्नेगरी उनलाई तयार पार्दै गरेको देखाएको अमेरिकी विदेश मन्त्रालयको भनाइ छ ।

ओसामा बिन लादेन
उनको विवाह अमेरिकाको ट्विन टावरमा ठोक्याइएका विमानमध्ये एउटाको अपहरण गर्ने मोहम्मद आटाकी छोरीसँग भएको बताइएको थियो । अल-कायदा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको भीषण आक्रमण हमलामा जिम्मेदार समूह हो । तर पछिल्लो दशकमा इस्लामिक स्टेटको बढ्दो प्रभावसँगै अल-कायदाको उपस्थिति कमजोर बनेको आकलन गर्ने गरिन्छ । BBC

Leave a Comment