![]()
पिपुल्स न्युज : जम्मा गरेको पैसा एक मुष्ट निकाल्न लगाएर मनिलाले आफूलाई ठगेकी अर्का पीडित नारायण शर्माले दुखेसो गरे।
निजगढमा फैन्सीको पसल सन्चालन गर्दै आएकी मनिलाले चिने जानेका व्यक्तिहरू, भएका वित्तीय संस्था तथा सहकारीबाट सात करोड भन्दा बढी रकम उठाई सके पछि २०७९ को मंसिर महिना नै श्रीमानलाई दुबई पठाइन्।

श्रीमान् भुवन भण्डारी दुबई गए पछि दुई महिना जति श्रीमानले कमाएर पठाए पछि सबै जनाको पैसा तिर्ने भनी आश्वासन दिँदै आए पनि मनिलाले आफै २०७९ को माघ महिनाको एक्कासि सम्पर्क विहीन बने पछि हामीहरुले उनीहरुको बारेमा पत्ता लगाउन नगरपालिका देखि जिल्ला प्रहरी कार्यालय सम्म उजुरी दिएको पीडित खरेलले बत्ताइन्।

करोडौँ रुपैयाँ ठगेर भागेका मनिला र भुवनको दुई छोराहरू रहेको र उनीहरू अहिले पनि निजगढमै आफन्तको घरमा रहेको खरेलले बत्ताइन्।
मनिला र भुवनलाई नेपालबाट भगाउने कार्यमा मनिलाका दाई निजगढ निवासी विजय गौतमको ठुलो सहयोग रहेको उनको आरोप छ। दाई विजयको लागि पनि मनिलाले स्थानीयहरुसँग बेला बखतमा ऋण रकम मागेर दिएको रकम समेत पचाउनको लागि विजयले नै बहिनी र भिनाजुलाई दुबई पठाएको आरोप पीडित खरेलले लगाएकी छिन्।
बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले निजगढ नगरपालिका र स्थानीयहरुबाट करोडौँ ठगेर भागेको मनिला गौतम र भुवन भण्डारीलाई पक्राउ गर्न जाहेरी आएको बताएका छन्।
पीडितहरूसँग हामीले रकम लिएर भाग्ने दुवै जनाको विरुद्धमा ठगीमा मुद्दा लिएर आउन सल्लाह दिएको र पीडितहरूले ठगीमा मुद्दा लिएर आएमा कानुनी प्रक्रिया पुरा गरेर इन्टरपोलको माध्यमले ठगी गरेर भागेकाहरुलाई पक्राउ गरेर ल्याउने बोगटीले बताए। (नागरिक बाट साभार )