सप्तकोशी न.पा. को नबयुग कृषि सहकारी कालोसुचिमा

Loading

पिपुल्स न्युज काठमाडौँ — निर्धारित समयमा कर्जाको सावाँ, ब्याज र हर्जाना नतिर्ने सरकारी संस्थाहरुलाई युवा तथा साना व्यवसायी स्वरोजगार कोषले कालोसूचीमा राख्ने भएको छ । कोषले कर्जा चुक्ता गर्नका लागि बुधबार सूचना जारी गरेर ३५ दिनभित्र सावाँ, ब्याज, हर्जाना चुक्ता नगर्ने ७० वटा सहकारी संस्थालाई कारबाही गर्ने जनाएको हो ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग थोक कर्जा सम्झौता गरी लिएको ऋण आजको मितिसम्म पनि चुक्ता नभएकाले आजको मितिले ३५ दिनभित्र कोषलाई बुझाउनु पर्ने सावाँ, ब्याज र हर्जानासहितको सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ,’ कोषले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयमा रकम नबुझाएमा संस्थाका सञ्चालक समिति, लेखा समिति एंव कर्जा उपसमितिको तिनपुस्ते विवरण सहित रकम असुलीका लागि कालोसूचीमा राखी सञ्चार माध्यम र सम्बान्धित निकायहरुमा सूचना प्रकाशित गरिनेछ ।’

पछिल्ला महिनाहरुमा सहकारी संस्थाहरूले बचतकर्ताको निक्षेप फिर्ता दिन नसकिरहेको अवस्थामा विभिन्न संघसंस्थाहरुले पनि कर्जा चुक्ताका लागि ताकेत गर्न लागेका हुन् ।

Leave a Comment