मेबाको पात ज्यानै लिने रोगको अचुक औसधी

Loading

पिपुल्स न्युज : मेवाको पात यस्ता ज्या’ नै लिने रोगको पनि हुन्छ अचुक औषधि

जहाँ पनि सजिलै पाइने स्वादिष्ट फल हो मेवा । मेवा खादा मिठो हुने मात्र होइन यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउछ । हामिले मेवा खाएका छौ तर मेवाको पात भने खाएका छैनौ होला । हेर्दा सामान्य लाग्ने मेवाको पातमा पनि धेरै औषधिय गुण हुन्छन् । हामिले मेवाको जुस बनाएर पिउने गरेमा यसले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ।

धेरै रोगबाट बचाउन मेवाको पातले सहयोग गर्छ । मेवाको पातको जुस बनाएर पिउदा धेरै रोगबाट पनि छुटकारा पाउन सकिन्छ । यसको सेबन गर्नाले क्यान्सर कोषलाई बढ्न दिदैँन, यसको क्यान्सरसंग लड्ने क्षमता हुन्छ । यसको सेबन गर्नाले शरीरको इम्यूनिटी बढाउछ जसले इन्फेक्शन हुनबाट बचाउँछ । यसले डेंगू र मलेरियासँग लड्न सहयोग गर्छ ।

यदि महिलाहरुलाई महिनावारीको समयमा पेट दुख्छ भने यसको सेबनले दुखाइबाट बचाउछ। मेवाको पातको जूसमा इमली, नून र २ गिलास पानी मिसाएर पिउनाले महिनावारीको दुखाइ कम हुन्छ । मेवाको पातको जुस पिउनमले रगतको मात्रा बढाउछ।

यो पनि पढ्नुस,योगासन गर्दा सावधानी अपनाउनुपर्ने १५ कुरा, व्यावहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांसपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।

शारीरिक एवं मानसिक उपचारमा योग सर्वाेत्तम विकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी यसकारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ । मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ बनाउन योगले महत्वपूर्ण काम गर्छ ।

योगासन आफैंमा एउटा जटिल र महत्वपूर्ण क्रिया हो । शारीरिक एवं मानसिक तन्दुरुस्तीको लागि नियमित योगासन गर्नु अनिवार्य हुन्छ । तर योगासन भनेको अव्यवस्थित र विना योजना गर्ने अभ्यास भने होइन । यस्तो अवस्थामा यो घातक पनि हुन सक्छ । योजनाविहीन र कुनै प्रशिक्षकको सल्लाह विना नै यस्तो अभ्यास गर्दा यसले समस्या निम्त्याउन सक्ने भएकोले योगासनपूर्व केही कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ ।

योगासनमा अपनाउनुपर्ने सावधानी : योगासन गर्नुपूर्व शौच, स्नान आदि निवृत्ति आवश्यक छ । प्रातः कालमा योगासन गर्नु अधिक लाभकारी हुन्छ । योगासन गरेपछि तुरुन्तै स्नान गर्नु उपयुक्त हुँदैन । पसिनालाई पंखामा नसुकाउनुहोस्, शरीरको ताप सामान्य नहुँदासम्म स्नान नगर्नुहोस् । योगासनको आधा घण्टापछि दूध, दलीय खाना, फल या अंकुरित अन्न थोरै भए पनि अवश्य लिनुहोस् । आसन एकान्त तथा धुलो, माटो वा धुलो रहित हुनुपर्छ ।

घरको छत, पार्क, नदीको किनार अथवा यस्तै खुल्ला ठाउँमा योग गर्नु उपयुक्त हुन्छ । जहाँ शुद्ध हावा आउने जाने भइरहन्छ । अधिक चिसोमा योगासन खुला कोठामा गर्न सकिन्छ । आसन गर्ने समयमा वस्त्र थोरैभन्दा थोरै शरीरमा खुल्ला आलको हुनुपर्छ । समतल भूमिमा बाक्लो कम्मल, बाक्लो दरी राखेर आसन तयार पार्नुहोस् । खाली भूमिमा केही पनि नबिछ्याइ आसन तयार नपार्नुहोस् । जसले शरीरमा हुनेवाला विद्युत् प्रवाह नष्ट हुँदैन । सास मुखले नलिएर नाकले लिनुपर्छ । आसन गर्ने समयका साथ जबरजस्ती नगर्नुहोस् । अतः धैर्यपूर्वक आसन गर्नुहोस् ।

आसनको पूर्व थोरै ताजा जल पिउनु लाभदायक हुन्छ । अक्सिजन र हाइड्रोजनमा विभाजित भएर सन्धि स्थानको मल निकाल्नमा पानी सहायक हुने गर्छ । आसनको स्थितिमा श्वासप्रश्वासको विशेष ध्यान राख्नुहोस् । आसन गर्दा जति समय सहजताका साथ गर्न सक्नुहुन्छ त्यति समय गर्नुहोस् । आसन नियमित तथा एकाग्रचित्त राखेर गर्नुहोस् । रुग्णावस्थामा कुशल योग शिक्षकको रेखदेख आवश्यक पर्छ । भोजनको चार घण्टापछि मात्रै आसन शुरु गर्न सक्नुहुनेछ ।

यो पनि पढ्नुस

बहुउपयोगी बेल, यस्ता छन् यसका औषधीय गुण

‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात्।’ यो उक्ति नेपाली समाजमा निकै प्रचलित छ। बेल पाक्दा कागलाई हर्ष होस् या बिस्मात, तर मानव जीवनमा भने बेल पाक्न थालेपछि बिस्मात होइन्, हर्षको बहार नै छाउँछ।

बेल यस्तो फल हो, जसले शरीरका सम्पूर्ण भागलाई हित मात्र पुर्‍याउँछ। गर्मी मौसममा यसका फाइदा त झन् व्यापक छन्। नेपालमा प्रशस्त पाइने मौसमी फल बेल पेटसम्बन्धी विकार भएका मानिसलाई लाभदायक मानिन्छ । यसमा एन्टिफंगल, एन्टिप्यारासाइटिक गुण हुन्छ, जो पाचनका लागि धेरै फाइदाजनक हुन्छ ।

यति मात्र नभई बेलमा रेचक (ल्याक्जेटिभ) गुणसमेत हुन्छ । यसको नियमित सेवनले कब्जियत जरैदेखि समाप्त हुने मान्यता छ । यो मधुमेह रोगीका लागि पनि फाइदाजनक मानिन्छ । फलको पातलाई पिसेर रस खानाले मधुमेहमा राहत मिल्ने मान्यता छ । बेलमा धेरै प्रकारका पोषक तत्व हुन्छन् । यी पोषक तत्वको सहयोगले मिर्गौलाको विषनाश (डिटक्सिफाई) गरेर शरीरको फोहोर बाहिर निकालिदिन्छ ।

बेलमा शरीरलाई चाहिने प्रोटिन, क्याल्सियम, फसफोरस, आइरनका साथै भिटामिन प्रशस्त मात्रामा पाइन्छ। पाकेको बेल खानाले शरीरलाई निकै फाइदाजनक हुन्छ साथै यसले शरीरमा शक्ति प्रादान गर्छ र विभिन्न रोग लाग्नबाट बचाउँछ।

बेलको महत्व हिन्दु धर्म अन्तर्गत ऋग्वेद, शिवपुराण, अग्निपुराणमा पनि उल्लेख भएको पाइन्छ। शिव, शक्ति, गणेश आदिमा बेलपत्र चढाइन्छ। शिवरात्रिको अवसरमा समेत प्रत्येक शिवालयमा प्रशस्त बेलपत्र चढाइन्छ।

मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेल लोप हुने संघारमा पुगेको छ। वन अतिक्रमणको चपेटामा पर्ने क्रमसँगै बेलका रूखसमेत सखाप हुन थालेका छन्। बेलको महत्वका बारेमा धेरैलाई जानकारी नहुँदा बेलका रूख दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ। रूख दाउराका रुपमा प्रयोग हुन थालेपछि बेलको अस्तित्व नै समाप्त हुने अवस्थामा पुगेको देखिन्छ।

बाहिरी आवरण एकदम कडा हुने यो फल भित्र ८–१५ वटा कोठाहरू हुन्छन्, जसमा बीउ र सुन्तला रङको गुदी भरिएको हुन्छ। यसको प्रयोग हुने भाग फल, जरा र पातहरू नै हुन्। यसको बिरुवा भारतको मौलिक बिरुवा मानिन्छ। बेल म्यानमार, इन्डोचीन, मलेसियामा पाइन्छ। नेपालमा बेल पूर्वदेखि पश्चिमसम्म करिब ११०० मिटरसम्मको उचाइमा पाइन्छ।

हाल बेलको उन्नत जातका बिरुवाको खेती गर्ने चलन पनि छ। फलको माग प्रशस्त भएकोले यसको खेतीप्रति रुचि बढेको हो। बेलको जरा आयुर्वेदिक औषधीय पद्धतिमा तयार गरिने ‘दसमूल’ मा प्रयोग गरिन्छ। नपाकेको फल झाडापखाला र आउँमा उपयोगी मानिन्छ भने पाकेको फल कब्जियतमा प्रयोग गरिन्छ। यसको पात, फल र जरा मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरूले सिद्ध गरिदिएका छन्। यसको पाकेका फलको गुदीबाट सर्बत पनि बनाउने गरिन्छ।

अंग्रेजीमा उड एपल, एलिफेन्ट एपल, मंकी फ्रुट भनेर चिनिने यो फलको जुस र जाम क्यानमा व्यापक पाइन्छ। बेलको संरक्षणका लागि सरकारले पनि विभिन्न परियोजनामार्फत व्यापक लागनी अगाडि बढाएको छ। पाक शिक्षामा पनि बेललाई अत्यधिक मात्रमा प्रयोग गरिन्छ। बेलबाट विभिन्न मिठाइ तथा केक पनि बनाउन सकिन्छ। बेलको जुसबाट विभिन्न ककटेल र मकटेल पनि बनाइन्छ। बेलका परिकारहरु नेपालका पाँचतारे होटलदेखि स्तरीय रेस्टुरेन्टमा समेत जुसका रुपमा विभिन्न परीकार बनाएर पस्किने गरेको पाइन्छ।

केके पाइन्छ बेलमा?

कार्बोहाइडेड ३१.८ एमजी, चिल्लो पदार्थ ०.३ एमजी, प्रोटिन १.८ एमजी, भिटामिन ५५ एमजी, भिटामिन सी ६० एमजी, क्याल्सियम ८५ एमजी, पोटासियम ६०० एमजी, फाइबर २.९ एमजी, शक्ति १३७ केजी क्यालोरी।

कसरी खाने बेल?

बिहान खाली पेटमा पानीमा मिसाएर बेलको पात या रस पिउन सकिन्छ। सलादको रुपमा खाना खानुअघि खान सकिन्छ। नियमित रुपमा मात्रा मिलाएर जुस पिउन सकिन्छ। डेजर्टको रुपमा खानाको अन्तिम समयमा पनि बेलको मात्रा लिन सकिन्छ। बेलको जाम पनि मात्रा मिलाएर नियमित लिनाले फाइदा पुर्‍याउँछ।

बेलका फाइदा

– शरीरमा उब्जने विकार रगतलाई शुद्धीकरण गर्न बेल फल उत्तम मानिन्छ।

– कानसम्बन्धी समस्या भएकाहरुका लागि बेल गुणकारी मानिन्छ।

– पेटसम्बन्धी अल्सरको समस्या हुनेका लागि बेल अमृत समान मानिन्छ।

– युरिक एसिड हुनेका लागि पनि बेलले धेरै राहत दिन्छ।

– अन्य फलको तुलनामा बेलमा धेरै कम कोलेस्टेरोल हुने हुँदा स्वस्थ्यका लागि हितकारी मानिन्छ।

– नुन, बेसार, तेल बेलमा मिसाएर दाँत माँझ्नाले गिजासम्बन्धी समस्या निदान गर्छ।

– आधा चम्चा बेलको फूल पानीसँग खाने गरेमा एक दुई मात्राले नै बमन रोक्न मद्दत हुन्छ।

– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर खाएमा रुघा, खोकी र ज्वरो पनि ठीक हुन्छ।

– बेलको एक मुठी पात पानीमा पिनेर मिस्री हालेर खाएमा झाडापखाला निको हुन्छ।

– बेलपत्रको रस नित्य एक–एक चम्चा बिहान–बेलुका पिउने गरेमा अजीर्ण, पुरानो आउँ रगत आदि रोग ठिक हुन्छ।

– बेलपत्रको धूलो एक चम्चामा एक चम्चा मह मिसाएर बिहान बेलुका खाने गरेमा दमको रोग निमन हुँदै जान्छ।

– सुकाएको बेलको बोक्रा कुटेर बिहान–बेलुका एक–एक चम्चा हालेर काँडा पकाएर खाने गरेमा पेटसम्बन्धी सम्पूर्ण रोग ठीक हुन्छ।

– अमिलो पानी आउने, चिया खानै नहुने रोगीले पनि नियमित बेलको धुलोको काँडा खाने गरेमा पित्तको रोग ठिक हुन्छ।

– बेलको सेवनले खाना पचाउन मद्दत गर्नुका साथै शरीरलाई शक्ति प्रदान गर्छ।

– यसले बच्चाको पेटमा भएका किरा नष्ट पार्नुका साथै बच्चाको हड्डी बलियो बनाउनमा मद्दत गर्छ।

– बेलको नियमित सेवनले आवाज सुरिलो बनाउन मद्दत गर्नुका साथै मुटुसम्बन्धी रोग निदान गर्छ।

– पायल्स रोगका लागि पनि बेल एक उत्तम औषधि मानिन्छ।

– मिर्गौलाका लागि पनि बेल उत्तम फल हो।

– सर्पले टोकेको व्यक्तिलाई पनि बेल फलले फाइदा पु¥याउँछ।

– बेलले मलेरिया लागेको व्यक्तिलाई प्राकृतिक रुपमा फाइदा पु¥याउँछ।

Leave a Comment