प्रधानमन्त्री पुष्प कमल दाहालको आज विस्तारित मन्त्री मण्डल

Loading

पिपुल्स न्युज : काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीमा राजेन्द्र कुमार राई नियुक्त हुनुभएको छ ।

प्रधानमन्त्री पुष्प कमल दाहालले आज विस्तार गर्नुभएको मन्त्री परिषद्मा राईले नेपाल कम्यूनिष्ट पार्टी (एमाले)को तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रीको जिम्मेवारी प्राप्त गर्नुभएको हो ।

मन्त्री राई धनकुटा जिल्लाको क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रधानमन्त्री दाहालले नेतृत्व गर्नुभएको २३ सदस्यीय मन्त्रीपरिषद्मा चार जनाले उपप्रधानमन्त्री, १५ जनाले मन्त्री र तीन जनाले राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।

बिस्तारित मन्त्री परिषद्:

क्र.सं.   नाम,   थर.  कार्य विभाजन

प्रधानमन्त्री
१ श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ : वन तथा वातावरण ,युवा तथा खेलकुद

उपप्रधानमन्त्री
२ श्री विष्णुप्रसाद पौडेल : अर्थ
३ श्री नारायणकाजी श्रेष्ठ : भौतिक पूर्वाधार तथा यातायात
४ श्री रबि लामिछाने : गृह
५ श्री राजेन्द्रप्रसाद लिङ्देन : ऊर्जा, जलस्रोत तथा सिँचाई

मन्त्री
६ श्री रेखा शर्मा : सञ्‍चार तथा सूचना प्रविधि
७ श्री विक्रम पाण्डे : सहरी विकास
८ श्री ज्वाला कुमारी साह : कृषि तथा पशुपंक्षी विकास
९ श्री दामोदर भण्डारी : उद्योग, वाणिज्य तथा आपूर्ति
१० श्री राजेन्द्र कुमार राई : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
११ श्री अब्दुल खान : खानेपानी
१२ डा. विमला राई पौड्याल : परराष्ट्र
१३ श्री पदम गिरी : स्वास्थ्य तथा जनसङ्‌ख्या
१४ श्री भगवती चौधरी : महिला, बालबालिका तथा ज्येष्ठ
नागरिक
१५ श्री हरिप्रसाद उप्रेती : रक्षा
१६ श्री सुदन किराती : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१७ श्री अमनलाल मोदी : सङ्घीय मामिला तथा सामान्य प्रशासन
१८ श्री शिशिर खनाल : शिक्षा, विज्ञान तथा प्रविधि
१९ श्री डोलप्रसाद अर्याल : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
२० श्री ध्रुवबहादुर प्रधान : कानुन, न्याय तथा संसदीय मामिला

राज्यमन्त्री
२१ श्री सुशिला सिर्पाली ठकुरी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
२२ डा. तोसिमा कार्की : स्वास्थ्य तथा जनसङ्‌ख्या
२३ श्री दिपक बहादुर सिंह : ऊर्जा, जलस्रोत तथा सिँचाई

Leave a Comment