![]()
पिपुल्स न्युज काठमाडौँ : चालु आवको पहिलो महिना साउनमा ३३ हजार ८३४ लिखत पारित भएका छन् । जबकी, गत वर्षको साउनमा ७५ हजार ४१७ लिखत पारित भएका थिए । यस्तै, गत भदौमा ७० हजार ९० घरजग्गाको लिखत पारित भएकोमा यस भदौमा ३४ हजार ७२० लिखतमात्र पारित भएको तथ्यांक छ ।
गत अशोजमा ५९ हजार २२७ लिखत पारित भएकोमा यो अशोजमा २५ हजार ७८९ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।
यसरी घरजग्गाको कारोबार निरन्तर खस्किनुमा कित्ताकाटमा रोकावटसँगै तरलता अभाव र ब्याजदर वृद्धि पनि मुख्य कारण रहेको व्यवसायीको तर्क छ ।
भूमि विभागले भूउपयोग नियमावली २०७९ लागू गरेर स्थानीय तहले कृषि र गैरकृषि भूमि वर्गिकरण गरी सिफारिस दिएपछि मात्र कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । तर, स्थानीय तहहरुले जग्गाको बर्गिकरण गर्न सकेका छैनन् ।