बुहारी के हुन त घरकालागी.?

Loading

पिपुल्स न्युज : बुहारी कै कारण बाहिर को धन्दा पुरुष लाई सहज हुने गर्छन ससुरा र बुहारी हुन्छन् । ससुरा सोफामा बसेर टिभी हेरी रहेका हुन्छन् । बुहारी भान्सामा हुन्छिन् । कलिङ्ग बेल बज्छ । बुहारी ढोका खोल्न जान्छिन् ।
– तपाईं को हुनु हुन्छ ? कति कामले पाल्नु भयो ?
– म एउटा एनजिओवाट महिलाहरूको तथ्याङ्क लिन आएकी हूँ ।
बुहारी बोलेको सुनेर ससुरा ढोका बाहिर आउँछन् ।
– को हो दुुलही ? यिनी को हुन ?
– बाबा ! वहाँ महिलाहरूको तथ्याङ्क लिन आउनु भएको रे ।
ससुराले भने – अँ , सोध्नुस् , तपाईलाई कस्तो तथ्याङ्क चाहिएको हो ?
– हजूरसंग होइन वहाँसंग लिनु पर्छ ।
– उनले भन्ने जवाफ म दिन्छु सोध्नुस् । ससुराले भन्छन् ।
– हजूरको बुहारीले जागिर खानु हुन्छ कि हाउस वाइफ हो ?
बुहारीले हाउस वाइफ भन्नै खोजेकी थिइन् , ससुराले जवाफ दिन्छन् – जागिर खान्छिन् ।
– कुन संस्थामा वा सरकारी जागिरमा ?
– नर्स हुन उनी । विहान देखि राती सम्म म र मेरी पत्नीले ओैषधी खायौं कि खाएनौ , त्यसको हिसाब राख्छिन् । वेला – वेलामा हाम्रो ब्लड प्रेसर चेक गर्छिन् । ओैषधी खाने वेला भयो कि ओैषधी र पानी ल्याएर अगाडि राखेर खान निर्देशन दिन्छिन् । विहान वा बेलुका भए पनि चार – पाँच किलोमिटर हिंड्न लगाउँछिन् ।

मलाई मन पर्ने पुस्तकहरू किनेर ल्याएर पढ्न दिन्छिन् ताकि म बोर न होऊँ । हामीलाई छोरीको जस्तै माया दिन्छिन् । यसो भनूँ , उनी नर्स भन्दा पनि माथी छिन् । हाम्री बुहारी बेबी सिटर पनि हुन । नाति – नातिनालाई नुहाउने – धुवाउने , ख्वाउने – पिउने , स्कुल पठाउने , राती लोरी गाएर सुताउने सबै काम यिनले नै गर्छिन् । यिनी ट्यूटर पनि हुन । केटाकेटीहरूलाई पढाउने काम यिनकै हो ।

यिनले एउटा रेष्टुरेण्ट पनि चलाएकी छिन् । विहान ६ बजे देखि राती ९ बजे सम्मको , जसलाई हामीले किचन भन्छौं । विहानको चिया – नास्ता देखि दिउसोको खाना , अपराह्नको नास्ता र रातीको खाना । वेलामौकामा फरमाइस अनुसार खानेकुरा पनि बनाएर ख्वाउँछिन् । अतिथि सत्कारमा यिनले महारत हासिल गरेकीछिन् । घरमा पाहुना आउँदा खुशी साथ सत्कार गर्छिन् । सदैव हँसिलो अनुहार हुन्छ , उनको मुहारमा , कहिल्यै मलिनता झल्किन्न ।

यिनी मेरो छोराको सल्लाहकार पनि हुन , असल सल्लाह दिने गर्छिन । यिनकै कारण उसले आनन्दसंग जागिर खान पाएको छ । यो घरलाई यिनले आफ्नो मायाले प्रेमालय बनाएकीछिन् ।यिनी कहिले – काहीँ माइत जाँदा घर नै शून्य हुन्छ ।

यिनी हाम्रो घरको रेलको इन्जिन हुन् , हामी डिब्बा । यिनले न कहिले सार्वजनिक विदा पाउँछिन र न त पर्व विदा । चाड – पर्वमा त यिनको काम झन दोब्बर हुन्छ ।

– अंकल ! हजूरले भनेको कामको विवरण हाम्रो फर्ममा छैन ।
– त्यसो भए तिम्रो फर्म नै अधूरो छ ।
– अंकल ! हजूरले भनेका काममा वहाँले वेतन कति पाउनु हुन्छ ।
– नानी ! वेतन त्यो होइन जो अरूले तिमीलाई देओस् , वेतन त्यो हो जो तिमीले अरूलाई आर्जन गर्ने वातावरण बनाई दिन्छौ । मेरी बुहारीले गर्दा मेरो छोराले आरामसंग जागिर खान पाएको छ , उसलाई घरको कुनै तनाव छैन । मेरी बुहारीले गर्दा हामी स्वस्थ्य छौं , मेरी बुहारीले गर्दा यो घर स्वर्ग जस्तो भएको छ , मेरी बुहारीले गर्दा नाति – नातिनाको भविष्य सुन्दर बन्दै छ , मेरी बुहारीको संस्कार तथा व्यवहारले गर्दा हाम्रो इष्ट मित्र समेत प्रसन्न छन् ? यी अद्भूत कामहरूको वेतन तोक्न मिल्छ र ?
साभार – समाजिक संजाल बाट ।

Leave a Comment