![]()
पिपुल्स न्युज : काठमाडौं महानगरपालिका वडा नं. 32, स्थित तिनकुनेमा रहेको जनजीविका बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्यहरुको क्षमता विकास गरेर व्यवसायिक कृषि तथा पशुपालन क्षेत्रमा लगानी गर्ने भएको छ ।
साथै स्थानीय श्रम तथा सिपको प्रयोग गरी विभिन्न किसिमका बस्तु उत्पादन गर्न चाहने शेयर सदस्यलाई उद्योग संचालन गर्न तालिम, प्रविधि र पुँजीको व्यवस्था गर्ने भएको छ ।
संस्थाले शेयर सदस्यहरुले बिस्तृत कार्ययोजना सहितको व्यवसायिक योजना लिखितरुपमा पेश गरेको अवस्थामा आवश्यक अध्ययन गरेर उपयोगिताका आधारमा धितो लिई ऋण लगानी गर्ने योजना बनाएको छ ।
संस्थाका अध्यक्ष प्रशान्त कु. झाको अध्यक्षतामा कात्तिक १९ गते सम्पन्न भएको बैठकबाट संस्थाले यस्तो लक्ष तय गरेको हो ।
संचालक समितिको तर्फबाट योजना पेश गर्दै अध्यक्ष झाले मुलुकको वित्तीय प्रणालीमा तरलताको अभाव भएको अवस्थामा पनि संस्थाले सदस्यको निक्षेप फिर्ता दिन प्रसस्त तरलताको ब्यवस्था गरेको बताउनुभयो ।
संस्थाको आर्थिक कारोबारलाई प्रविधिमैत्री बनाई शेयर सदस्यहरुलाई विद्युतीय भुक्तानी, रेमिट्यान्स लगायतका सेवा संचालन गर्नका लागि आधुनिक बैंकिङ सफ्टवेयर जडान गरिसकेको जानकारी गराउनुभयो ।
संस्थाको स्थायित्वका लागि उत्पादनमूलक र दिगो प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्ने कार्यलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।