बैंकहरुले ब्याजमा मनपरी गर्दा किन मौन सम्बन्धित निकाय

Loading

पिपुल्स न्युज : काठमाडौं । सामान्यतया वित्तीय क्षेत्रमा बैंकहरुको भन्दा सहकारीमा निक्षेप तथा कर्जाको ब्याजदर महंगो भएको छ । सहकारीले बैंक तथा वित्तीय संस्थाको भन्दा बढि ब्याज दिएर निक्षेप संकलन गर्छन् भने लगानी पनि बैंकको भन्दा बढिमा गर्छन् ।

बैंक हरु र तिनका मातिहार हरुले देशभर सहकारीलाई बद्नाम गरि आफ्नो मात्र भलो हुने गरि गरेको कार्य पश्चात बढाए ब्याज 

तर, अहिले बजारमा देखिएको तरलता अभावसँगै बैंक तथा वित्तीय संस्थाको ब्याजदर बृद्धि भएपनि सहकारीको सन्दर्भ ब्याजदर भने पुनरावलोकन नहुँदा अवस्था ठिक उल्टो भएको छ । अहिले सहकारीको तुलनामा बैंक तथा वित्तीय संस्थाको कर्जाको ब्याजदर महंगो भएको छ । बैंकहरुले निक्षेपको ब्याजदरमा बृद्धि गरेसँगै पुँजीको लागत उच्च हुन गई कर्जा महंगो भएको छ । बैंकहरुको असोज मसान्तमा आधारदर बृद्धि भएसँगै कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथी पुगेको छ ।

बाणिज्य बैंकहरुले प्रकाशित गरेको कर्जाको नयाँ ब्याजदरअनुसार कात्तिकमा बढेर १८.२८ प्रतिशतसम्म पुगेको छ । बैंकहरुको औशत आधारदर नै १० प्रतिशत पुगेको छ । यसमा बैंकहरुले ७ प्रतिशतसम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण गर्ने गर्छन् ।

बैंकहरुले प्रकाशित गरेको ब्याजदर अनुसार सबैभन्दा बढी आधारदर सिभिल बैंकको ११.१५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशतसम्म प्रिमियम थपिने भएकाले सिभिलको कर्जाको ब्याज १८.१५ प्रतिशत पुग्नेछ ।

बैंकको ब्याजदर बढेपनि सहकारीको भने सन्दर्भ ब्याजदर पुनरावलोकन हुन सकेको छैन । जसको कारण अहिले पनि सहकारीहरुले कर्जामा १६ प्रतिशत भन्दा बढि ब्याज लिन पाउदैनन् । असोजमा बैंकहरुले ब्याज बढाएपछि सहकारीका संचालकहरुले पनि सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न दवाव दिएपनि सहकारी विभागले आलटाल गर्दै आएको छ ।

यद्यपी विभागले निर्धारण गरेको सन्दर्भ ब्याजदर भने प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन् । सहरी क्षेत्रमा सहकारीहरुले सन्दर्भ ब्याजदरभन्दा बढि ब्याज लिने, सेवा शुल्कलगायत नाममा रकम लिने गरेका सहकारीका सदस्यहरु गुनासो गर्छन् ।

यसैगरी बैंकहरुको निक्षेपको ब्याजदर पनि सहकारीले भन्दा बढि पु¥याएका छन् । बैंकहरुले असोजदेखि व्यक्तिगत निक्षेपको ब्याजदर १२.१३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपको १०.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर कायम गरेका थिए ।  सहकारी खबर

Leave a Comment