बजारमा सहकारी बिरुद्ध भएको गलत प्रचारबाजीको पछि नलाग्नुस् ढुक्क हुनुस

Loading

पिपुल्स न्युज : केहि बैंकिंग दलाल को कारण उत्पन्न समाया राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले हल्लाको पछि लागेर आफ्नो सहकारीलाई जोखिममा नपार्न आग्रह गर्नुभएको छ ।

केही सहकारीका कारण बजारमा फैलिएको नकारात्मक हल्लाको पछि लागेर विना आवश्यकता आफ्नो संस्थाबाट बचत ननिकाल्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभएको हो ।

पुल्चोकमारहेको ध्रुवतारा बहुउद्देश्यीय सहकारी संस्थाको असोज ३ गते सम्पन्न आठौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै सिईओ गुरागाईले सहकारीका सदस्यलाई नियमित बचत गर्न सुझाव दिनुभयो ।

सहकारी संस्थाको सफलतका सदस्यहरुको सक्रियता र सहयोगमा निर्भर हुने उल्लेख गर्दै उहाँले सम्पूर्ण सदस्यलाई संस्थाको खुख दुःखमा सहभागी हुन अनुरोध गर्नुभयो ।

सहकारी संस्थाले आफ्ना सदस्य आमाको गर्भमा हुँदा देखि मृत्युपश्चात पनि उनीहरुको हितमा काम गर्नेभएकाले यो व्यवसाय अन्य नाफामूलक व्यवसाय भन्दा विशिष्ट र पृथक भएको चर्चा गर्नुभयो ।

साधारण सभामा सहकारी हकहित राष्ट्रिय समाजका अध्यक्ष अर्जुन खतिवडा, राष्ट्रिय सहकारी बैंक लगनखेल शाखा प्रमुख रमा घिमिरे, ललितपुर महानगरपालिका सहकारी शाखा प्रमुख चिरञ्जीवी पौडलेल लगायतका अतिथिले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साधारण सभामा संस्थाका अध्यक्ष उमेश कुमार पाण्डेले संचालक समितिको तर्फबाट आर्थिक वर्ष (आ.व.) २०७८/७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभयो ।

गत असार मसान्त सम्ममा संस्थामा २ हजार १ सय १३ जना शेयर सदस्य आवद्ध हुनुका साथै शेयर पुँजी २ करोड १९ लाख ८२ हजार रुपैयाँ कायम भएको जानकारी गराउनुभयो । यस अवधिमा संस्थाको निक्षेप संकलन १८ करोड ५० लाख ९८ हजार रुपैयाँ र कर्जा लगानी २४ करोड ७३ लाख ६६ हजार रुपैयाँ पुगेको बताउनुभयो ।

गत आ.व.को कारोबारबाट संस्थाले १४ लाख ३६ हजार रुपैयाँ मुनाफा आर्जन गर्नुका साथै विभिन्न कोषहरुमा ५५ लाख ६३ हजार रुपैयाँ संचय भएको जानकारी गराउनुभयो ।

अध्यक्ष पाण्डेले सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत गत वर्ष संस्थाको स्थापना दिवसको अवसरमा मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको, लायन्स क्ल्बसंग सहकार्य गरेर रक्तदान कार्यक्रम आयोजना गरेको, मास्क वितरण गरेको जानकारी गराउनुभयो ।

संस्थाको संचालक समितिका पदाधिकारी र कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न तालिमको व्यवस्था गर्नुका साथै शेयर सदस्यहरुलाई समेत आवश्यकता अनुसार शिपमूलक तालिम प्रदान गर्नेगरेको बताउनुभयो ।

शेयर सदस्यहरुको बचतको सुरक्षण गर्नका लागि संस्थाले एक लाख रुपैयाँ भन्दा बढी रकम कर्जा लगानी गर्दा अनिवार्य धितोमा मात्र गर्ने मापदण्ड लागू गरेको जनाउनुभयो ।

साधारण सभामा संस्थाका कोषाध्यक्ष ध्रुव वर्तौला खत्री र लेखा समिति संयोजक धर्मेन्द्र कुमार चौधरीले आ–आफ्नो तर्फबाट प्रतिवेदन पेश गर्नुभयो ।

Leave a Comment