![]()
पिपुल्स न्युज : राजन कुमार बानिया, पर्सा १७ भदौ आगामी निर्वाचनमा कुन पार्टीबाट को उम्मेदवार बन्ने, कस्तालाई भोट दिने ? लगायतका सवालमा अहिले जताततै चर्चा परिचर्चाको विषय बनेको छ । खास गरी कुन पार्टीले कस्ता व्यक्तिलाई उम्मेदवार बनाउलान् भन्ने विषयमा सबैकालागि चासोको विषय बनेको छ ।
पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.३ (क) प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य एवं युवा नेता शिव कुमार साहको नाम प्रत्येक्ष तर्फ प्रदेश सभा क्षेत्रीय समन्वय समितिले सिफारिस गरेको छ ।
आम निर्वाचन २०७९ मङ्सिर ०४ गते गर्ने घोषणा सँगै चुनावी चहल पहल अन्तर्गत पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.३ (क) प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टी, नेपालको तर्फबाट युवा नेता शिव कुमार साहले प्रत्यक्ष तर्फको उम्मेदवारीको दावेदारी दिनु पर्ने स्थानीय नेता कार्यकर्ता एवं स्थानीय नागरिकहरुले सुझएका थियो भने आफ्नो नेतृत्वमा जनताको विचमा भेटधाट, ब्यापक छलफल, संगठन निर्माण तथा चुनावी चहलपहलमा व्यस्त रहेका छौ साहले भने |
वर्षौ देखि मधेशी समुदाय उपर हुँदै आएको विभेदबाट आजित भईसकेका मधेशीलाई भेद्भावबाट उन्मुक्ति दिलाउने सोचका साथ मधेश र मधेशीको हक अधिकारका लागि आवाज उठाउनु पर्ने उनको मनमा लागि रहेको थियो । तत्कालिन सदभावना पार्टीबाट सदस्यता लिई सदभावना निकट बिधार्थी मंचको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य हुदै क्षेत्रीय अध्यक्षको भूमिका निर्वाह गर्दै राजपा नेपाल, समाजवादी पार्टी हुदै जसपा नेपाल सम्म सक्रिय राजनीतिमा भूमिका निर्वाह गरिरहेका छन् |
पार्टीमा सक्रियता र योगदानकै आधारमा उनलाई समाजवादी युवा संघको मधेश प्रदेश समिति सदस्य हुदै केन्द्रिय सदस्य एवं जसपा नेपालको मधेस प्रदेश परिषद सदस्यकि जिम्मेवारी दिईएको छ । विभेदकारी संविधान ल्याईएको भन्दै विभिन्न मधेशवादी दलहरुद्वारा गरिएको ६ महिने आन्दोलनमा समेत युवाहरुलाई एकत्रित गरेर आन्दोलनमा होमिएका थिए र प्रहरीको लाठीचार्ज एवं गिर्फतारिको सिकार पनि भएका थिए । मधेशीहरुको अधिकार सुनिश्चतताका लागि विभेदकारी संविधान संशोधन हुनुपर्ने माग गर्दै सडकमा युवाहरुको नेतृत्व गर्दै सक्रिय रुपमा सडकमा उत्रिएका थिए
वि. सं. २०५१ बैशाख २७ गते जन्मिनु भएका शिव कुमार साहको बुवा साबिक गा.बि.स. लखनपुर वडा नं. २ हाल परिवर्तित सखुवा प्रसौनी गाउँपालिका ६ नं. वडा लखनपुर बस्ने रघुनाथ साह तेली र आमा शुशिला देभी तेलिन हुन् । साहको जन्म एउटा किसानको घरमा भएको थियो । बाल्यकाल देखि नै समाजसेवाको संगसंगै पढाईमा समेत ध्यान केन्द्रिय गरेका साहले जीवनमा धेरै उतार चढावलाई पार गर्दै बि. ए. मानविकी एवं समाज शास्त्रमा अध्ययन गर्न सफल भएका छन् ।
असल व्यक्तित्व, चरित्रवान तथा इमान्दारीताकै कारण जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्षको रुपमा कार्यरत रहेका छन भने उनी जिल्ला किसान समन्वय समिति पर्साका अध्यक्ष पदमा समेत कार्य गरिरहेका छन् । सामाजिक सेवाको भावले आफनो निजि लगानीबाट कोभिड-१९ प्रभावित अति बिपन्न १५४ परिवारलाई खाध्यान, तरकारी र सरसफाईको लागि साबुन, मास्क आदि बितरण संगै कुलो सरसफाई, बाटो मर्मत, बिधुत मर्मत, गरिब असहायलाई आर्थिक सहयोग, शिक्षा क्षेत्रमा आर्थिक सहयोग, रक्तदान कार्यक्रम एवं बिभिन्न जनचेतनामुलक कार्यक्रम गरेका तथा भबिस्यमा गरिरहने बताए