![]()
पिपुल्स न्युज ओखलढुंगाः मुक्तिनाथ विकास बैंकले ऋणिको मृत्यु भएपछि ऋण मिनाहा गरेको छ। ओखलढुंगाको सिद्धिचरण शाखाबाट ऋण लिएकी कालिका कट्वालको मृत्यु भएपछि उनले लिएको ऋण मिनाहा गरिएको शाखा प्रवन्धक विकल्प भट्टराईले जानकारी दिए।
ऋणको तिरिसकेको किस्ता उनको पतिलाई फिर्ता गरी ऋण मिनाहा गरिएको हो। कट्वालले २०७८ असोजमा चार लाख रुपैयाँ ऋण लिएकोमा साँवा व्याजसहित २ लाख ६३ हजार ७९ तिर्न बाँकी थियो।
बैंकले सो रकम मिनाहा गरेर हालसम्म लिएको किस्ताको सावाँव्याज १ लाख ७६ हजार ७२१ रुपैयाँमा काजक्रियाका लागि थप २० खर्च थपेर फिर्ता गरिएको भट्टराईले बताए।
सो रकम उनका पति बाबुराम कट्वालाई हस्तान्तरण गरिएको हो। आफूले जीवनसाथी गुमाए पनि बैंकले ऋण मिनाहा गरेर पीडामा मलम लाउने काम गरेको कट्वालले बताए।
बैंकले ऋणिको मृत्यु भएमा ग्राहक सुरक्षण कोषबाट काजक्रिया खर्च दिने र ऋण मिनाहा गर्दै आएको छ। अन्नपुर्णबाट साभार