बलात्कार अपराध हुन वा कानुन सम्बत ? किन सबै निर्मला बन्दै

Loading

पिपुल्स न्युज २७ साउन, काठमाडौं । आफू बलात्कृत भएको र न्याय नपाएको भन्दै आन्दोलन गरीरहेकी २० वर्षे युवती निहारीका राजपुतले आज राष्ट्रपति भवन अघि आत्महत्या गर्ने प्रयास गरेकी छन् ।

उनले आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाउने तयारी गर्दै गर्दा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।

उनी यस अघि पनि अनसन बसेकी थिईन् । तर सहमति अनुसार डिएनए परिक्षण नभए पछि उनी फेरी आन्दोलित बनेकी हुन् ।

Leave a Comment