![]()
Peoples News चितवन — माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा सोमबार धरौटी माग गरिएका सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेललाई अदालतले मुद्दाका विषयमा सार्वजनिक टिका टिप्पणी गर्न समेत बन्देज लगाएकाे छ ।
अदालतले लामिछाने र उनको सहयोगीलाई आफ्नो टिभी कार्यक्रम र सामाजिक सञ्जालमा समेत पुडौसोनी आत्महत्या सम्बन्धमा कुनैपनि प्रतिक्रिया नदिन आदेश दिएको छ। चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख धरौटीमा रिहा गर्न आजै आदेश दिएको थियो।
अदालतले न्यायिक प्रक्रियामा असर पुग्ने भन्दै यस प्रकरणसँग सम्बन्धित विचार तथा प्रतिक्रियाहरु कहीँ कतै व्यक्त नगर्न आदेश दिएकोअदालतका श्रेस्तेदार रुद्रमणि गिरिले बताए।अदालतले रविको कार्यक्रम र अन्य विषयवस्तुको प्रसारणमा भने कुनै रोक लगाएको छैन।
श्रेष्तेदार गिरिले भने, ‘अरु खालका कार्यक्रमहरुलाई रोक लगाइएको छैन। यो मुद्दासँग सम्बन्धित विषयलाई लिएर कार्यक्रममाबनाएररसञ्चालन गर्न पाइन्न मात्र भनिएको हो। ‘
तत्काल प्राप्त प्रमाणहरुलाई आधार मानेर रवि र युवराजसँग मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा ७० बमोजिम धरौटी माग गरिएको श्रेस्तेदार गिरिले बताए। यस्तै उनीहरुलाई कारणवश विदेशमा उपाचार गराउन जानुपर्ने भएपनि अदालतसँग स्वीकृति लिनुपर्ने आदेश उल्लेख छ । kantipur