बैंकिङ कसुरमा पक्राउ परेका बूनपा -४,का राजाराम खड्का नख्खु जेल चलान – जेल इन्चार्ज लामिछाने

Loading

बैंकिङ कसुरमा पक्राउ परेका बूनपा -४,का राजाराम खड्का नख्खु जेल चलान – जेल इन्चार्ज सुवास कुमार लामिछाने

बूढानीलकण्ठ रिपोर्टर : नख्खु जेलका इन्चार्ज श्री सुवास कुमार लामिछानेका अनुसार  बैंकिङ कसुरमा पक्राउ परेका बूनपा -४,का राजाराम खड्का नख्खु जेल चलान भएका छन् । गत असार ३० गते अदालतको फैसला अनुसार धरौटी माग भए अनुसारको रकम दिन नसक्ने भएपछि खड्कालाई नख्खु जेलमा राख्न आदेश आएको लामिछाने बताउनुहुन्छ । के कति धरौटी माग भएको भन्ने नखुलाई आदेश आएको बताउने लामिछाने नख्खु जेलका जेलर अर्थात जेल इन्चार्ज हुन् ।

बैंकिङ कसुरमा पक्राउ परेका खड्कालाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा करिब १५ दिन राखेर अनुसन्धान भएको प्रवक्ता तथा डिएसपी दिनेश मैनालीले जानकारी दिए ।

बूढानीलकण्ठ -४, स्थानीयका अनुसार खड्का नेकपा (एमाले ) को बूढानीलकण्ठ नगर कमिटी सदस्य तथा पुर्व वडा कमिटी अध्यक्ष हुन् ।

Leave a Comment