एक परिवारबादले डुबाए श्रीलंका

Loading

पिपुल्स न्युज : श्रीलंका आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । तर, शनिबार श्रीलंकामा के भयो त्यो लामो समयसम्म याद रहनेछ। श्रीलंकामा शनिबार केही विशेष, फरक र अनौठो घटना घट्यो, जसको पृष्ठभूमि महिनौंदेखि तयार भैरहेको थियो, तर सायदै कमैले कल्पना गरेका थिए आक्रोशित मानिसहरू ‘राष्ट्रपति भवनमा प्रवेश गरी तोडफोड गर्ने र प्रधानमन्त्रीको निजी निवासमा आगो लगाउनेछन्’ भनेर ।

तर, यो सबै शनिबार श्रीलंकामा भयो। शनिबार आम जनताले पनि राष्ट्रपतिको जीवनशैली पहिलो पटक अनुभव गरेका छन् । उनीहरुको दरबारमा कस्ता सुविधा छन् ? भनेर देखे ।

यो श्रीलंकाको इतिहासमा पहिलो पटक भयो, जब सरकार र यसको नीतिहरूप्रति आक्रोशित मानिसहरू राष्ट्रपति भवनमा प्रवेश गरे । जनताले राष्ट्रपति भवनमा मात्रै होइन, त्यहाँका हरेक कुना-कुना देखे । लगभग सबै कोठामा प्रवेश गरे।

यो त्यही भवन हो, जुन केही घण्टाअघिसम्म सुरक्षाकर्मी र अंगरक्षकको निगरानीमा थियो । राष्ट्रपति भवनमा प्रवेश गरेका प्रदर्शनकारीहरू आइतवार, जुन १० मा राष्ट्रपति गोताबाया राजापाक्षेको सरकारी निवासमा उपस्थित छन्। तर, त्यो राजभवनमा पहिलो पटक को प्रवेश गरे ?

भवनको विशाल मुख्य गेट पार गर्ने काम एक युवकले गरेको बताइएको छ । एक तमिल युवा पहिले माथि चढे र मुख्य गेट माथिबाट हामफाले। त्यसपछि भवनभित्र मानिसको भीड लागेको थियो ।

जब आम जनताले आफ्नो लागि राष्ट्रपति भवनको विलासिता अनुभव गरे सबै कुराको सुरक्षा गरिएको भवन शनिबार दिउँसो सर्वसाधारणको हातमा थियो । मानिसहरूले छोए र भवनभित्र धेरै चीजहरू देखे। सुरुमा क्रोधित भीड भित्र पसेपछि उनले सामान तोडफोड गर्न थाले ।तर, भीडमा सबै प्रकारका मानिसहरू थिए। केही आन्दोलनकारी नेतृत्वविना आक्रोश पोखाउन आएका थिए भने कोही संगठित, कोही नेतृत्वमा आएका थिए । तर, यसमा पनि विविधता थियो ।

आन्दोलनकारीहरूको समूह बौद्ध भिक्षुहरूको नेतृत्वमा आयो भने क्रिश्चियन मिसनरीहरूले पनि नेतृत्व गरिरहेका थिए। त्यहाँ केही इस्लामिक एल्डरहरू थिए र केही विद्यार्थीहरू पनि आ-आफ्नो पार्टीको नेतृत्व गरिरहेका थिए।

प्रहरीले शनिबार प्रदर्शनकारीलाई नियन्त्रणमा लिन बल प्रयोग गरेका समाचार पनि आए । प्रदर्शनमा घाइतेहरूलाई अस्पताल भर्ना गरिएको छ । श्रीलंकाको राजधानीमा घोषित विरोध प्रदर्शनअघि ठूलो संख्यामा सशस्त्र सैनिक र प्रहरी तैनाथ गरिएको थियो । अधिकारीहरूले शुक्रबार राति कर्फ्युको घोषणा गरेर प्रदर्शनलाई रोक्ने कोसिससमेत भएको थियो । तर, विपक्षी दलहरूको चर्को विरोध भएपछि त्यसलाई पछि हटाइएको थियो ।

बार एसोसिएसनले पनि प्रहरी प्रमुखमाथि मुद्दा चलाउने चेतावनी दिएको थियो । घरमै बस्नका लागि दिइएको चेतावनीलाई बेवास्ता गर्दै प्रदर्शनकारीहरू शनिबार राष्ट्रपतिको सरकारी निवास नजिकै जम्मा हुन थालेका थिए । समाचार एजेन्सी एएफपीले केही प्रदर्शनकारीले रेलवेका कर्मचारीलाई कोलम्बो जाने रेल बनाउन बाध्य पारेका थिए ।

प्रधानमन्त्रीको निजी निवासमा आगजनी
प्रदर्शनकारीले शनिबार राति प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको निजी निवासमा आगजनी गरे । प्रधानमन्त्रीको यो निजी निवास कोलम्बो ७ मा रहेको छ । यो शहरको सबैभन्दा उच्च प्रोफाइल आवासीय क्षेत्रहरूमध्ये एक हो।

शुक्रबार साँझसम्म विक्रमासिङ्घे, उनकी श्रीमती र छोराछोरी यस घरमा उपस्थित रहेको बताइएको थियो । तर, बेलुका उनको परिवार र कर्मचारीलाई सुरक्षित स्थानमा लगिएको थियो । घरभित्र कोही थिएनन् । त्यहाँ कुनै सुरक्षाकर्मी वा अंगरक्षक पनि भेटिएनन्।

प्रदर्शनकारी राष्ट्रपति निवास प्रवेश गरेपछि भागेका राष्ट्रपति गोटाबाया राजपाक्ष र प्रधानमन्त्री विक्रमासिंघे जुलाई १३ मा राजीनामा दिन तयार भएका छन् ।

श्रीलंकामा भएको विरोध प्रदर्शनमा संलग्न धेरैले शनिबार के भयो भने श्रीलंकामा नयाँ युगको सुरुवात भएको बताएका छन् । यो घटनाको करिब एक साताअघि राष्ट्रपति राजापाक्षे र प्रधानमन्त्री विक्रमासिङ्घेको तस्बिर भाइरल भएको थियो । यो तस्बिरमा दुवै नेता संसदमा मुस्कुराउँदै देखिएका थिए ।

त्यो तस्बिरलाई उल्लेख गर्दै धेरैले आक्रोश पोखेका थिए र लाखौं मानिस एकैपटक खानाको लागि संघर्ष गरिरहेका बेला दुवै जना मुस्कुराउँदै गरेको देखिन्थे । तर, राजनीतिमा एक सातामा धेरै परिवर्तन हुँदैछ।

शनिबार के भयो त्यो ऐतिहासिक हुनसक्छ तर पछिल्ला केही महिनादेखि जनतामा आक्रोश छ । यसअघि अप्रिलमा पनि प्रदर्शनले हिंसात्मक रुप लिएपछि संकटकाल लगाइएको थियो ।

आन्दोलनकारीको मुख्य माग राष्ट्रपतिले राजीनामा दिनुपर्ने रहेको छ । तर, अप्रिल महिनामा तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएपछि रनिल विक्रमासिङ्घे प्रधानमन्त्रीको पदमा आएका थिए ।

तर, हिजोको घटनाक्रमपछि साँझ अबेर विक्रमासिङ्घेले राजीनामा दिन तयार रहेको पनि घोषणा गरे । उनले ट्विट गर्दै सर्वदलीय बन्न, नागरिकको सुरक्षाको प्रत्याभूति होस् भनेर यो निर्णय लिएको बताएका छन् ।

आतंकवादी हमला / कोरोना महामारीमा समेत परिवारबादले लियो लंकाको ज्यान

श्रीलंकामा अप्रिल २०१९ मा इस्टर आइतवारमा राजधानी कोलम्बोका तीनवटा गिर्जाघरमा भएको आतंकवादी हमलामा २६० भन्दा बढी मानिसको ज्यान गएको थियो,
आतंकवादी हमलाले श्रीलंकाको पर्यटन उद्योगलाई क्षति पुर्यायो, त्यसको केही महिनापछि नै कोरोनाको महामारीले भरियो,
पर्यटन क्षेत्र श्रीलंकामा विदेशी मुद्राको तेस्रो ठूलो स्रोत हो। सन् २०१८ मा श्रीलंकामा २३ लाख पर्यटक थिए, तर इस्टर आतंकवादी हमलाका कारण, सन् २०१९ मा तिनीहरूको संख्या लगभग २१ प्रतिशतले घट्यो र १९ लाख पर्यटक मात्र आए,
त्यसपछि कोरोना प्रतिबन्धका कारण २०२० मा पर्यटकको संख्या ५।०७ लाखमा झरेको छ । सन् २०२१ मा मात्र १.९४ लाख पर्यटक श्रीलंका आएका थिए । श्रीलंका घुम्न आउने अधिकांश पर्यटक भारत, चीन, बेलायत, फ्रान्स र जर्मनीका हुन् ।
श्रीलंकाका दुई शक्तिशाली राजनीतिक परिवारहरूको भ्रष्टाचार र गलत निर्णयहरू
श्रीलंकाका दुई सबैभन्दा शक्तिशाली राजनीतिक दलहरू मैत्रीपाला सिरिसेनाको नेतृत्वमा रहेको श्रीलंका फ्रिडम पार्टी हुन्। अर्को पार्टी श्रीलंका पोदुजाना पेरामुना पार्टी हो ९ महिन्दा राजपाक्षेको नेतृत्वमा।

सन् २०१५ देखि २०१९ सम्म श्रीलंकाको राष्ट्रपति रहेका सिरिसेनामाथि भ्रष्टाचारको आरोप लागेको थियो । २०१८ मा उनका प्रमुख कर्मचारी र अधिकारीहरू घुस लिएको आरोपमा पक्राउ परेका थिए। सिरिसेनाले राजपाक्षे परिवार भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।

शक्तिशाली राजनीतिक परिवार मानिने राजापाक्षेको गलत निर्णय र भ्रष्टाचारले श्रीलंकाको अवस्था पनि नाजुक बनायो । विगत दुई दशकदेखि यो शक्तिशाली राजनीतिक परिवार श्रीलंकामा बोल्दै आएको छ ।

कृषिमा रासायनिक मल प्रतिबन्ध
२०२१ मा, गोटाबाया राजपक्षे सरकारले जैविक खेतीलाई प्रवर्द्धन गर्ने नाममा श्रीलंकामा कृषिमा रासायनिक मल र कीटनाशकहरूको प्रयोगमा प्रतिबन्ध लगाएको थियो। यो निर्णय गलत साबित भयो र अन्न उत्पादनमा ठूलो गिरावट आयो। उत्पादनमा कमी आएपछि खाद्यान्नको मूल्य आकाशियो र मे महिनामा खाद्य मुद्रास्फीति बढेर ५७.४ प्रतिशत पुग्यो, जबकि गैर९खाद्य मुद्रास्फीति बढेर ३०.६ प्रतिशत पुगेको छ ।

Leave a Comment