सप्तरी : नगर स्तरीय आप्रवासी हकहित संजाल गठन : भगवती मरर

Loading

पिपुल्स न्युज सप्तरी : भगवती मरर
वि. स. २०७९ साल आषाढ ।
आप्रवासी हकहित संजाल मधेश प्रदेशका अध्यक्ष श्री जितेन्द्र प्रसाद सिन्हाँ ज्यूको समुपस्थितिमा वि. स. २०७९ साल आषाढ ४ गते शनिवार तद्नुसार ई. सन् २०२२ जुन १८ तारिखका दिन सप्तकोशी नगरपालिका वडा नम्बर–४, वडा कार्यालयको बैठक कक्षमा जनप्रतिनिधि वडा नम्बर–४ का वडाध्यक्ष जयराम खंग, वडासदस्य शिव नारायण बरही लगायत् सर्वसाधारणको उपस्थितिमा आम भेला गरी आप्रवासी जीवन बिताई रहेका र प्रवास (विदेश) जान चाहनेहरुका हकहितका लागि महेश लाल सरदारको अध्यक्षतामा सप्तरी जिल्ला अवस्थित् सप्तकोशी नगरपालिकामा नगर स्तरीय आप्रवासी हकहित संजाल सप्तकोशी सर्वसम्मतिबाट गठन भएको छ ।

जसको उपाध्यक्षमा गुलाव कुमारी खंग, सचिव सिता देवी सरदार, सहसचिव ललिता देवी खंग, कोषाध्यक्ष मुखिलाल सरदारसाथै सदस्यहरुमा पुनम कुमारी चौधरी, मनिषा चौधरी, जिरा देवी चौधरी, अशोक सरदार, हस्त बहादुर परियार, दिपेश चौधरी, पचिया देवी सरदार, चन्द्रिका देवी खंग, तरिया देवी खंग, दिपेश मामmी र सिवितलाल खंग रहेका छन् ।

Leave a Comment