बालेन साहको जित संगै पर्खेर बसेको चुनौती

Loading

पिपुल्स न्युज : राजनीतिक दल र नेतालाई पटक-पटक भरोसा गरे पनि सुविधाको श्वास फेर्न नपाएका महानगरवासीले नयाँ मेयरबाट परिवर्तनको आशा राखेका छन् । उनले पाएको फराकिलो मतान्तरले उनीमाथि यहाँका मतदाताले राखेको आशा र भरोसा दुवै झल्किएको छ । दलको घेराभन्दा बाहिरबाट काठमाडौंमा पहिलो मेयरको रुपमा महानगर छिर्न लागेका उनले कस्तो काम गर्लान् ? अहिले धेरैको चासो यही छ । मनसुन सुरु हुँदैछ तर‚ सडकमा फोहोर यत्रतत्र छ । कतै खाल्डो, कतै हिलो । थोरै पानी पर्दा उर्लिएर आउने यहाँका खोलाले बर्सेनि बाढीको रुप लिन्छन्, र बर्सेनि लाखौँ धनजनको क्षति हुन्छ, ज्यानै पनि लिन्छ । काठमाडौंका सडक न पैदलयात्रुमैत्री छन्, न अपाङ्गमैत्री । सडकमा ट्राफिक जाम हुने समस्या निरन्तर छ । हिँड्दा-हिँड्दै फुटपाथ टुंगिन्छन् । बाटोमा रहेका बिजुलीको खम्बामा गुजुल्टिएर रहेका बिजुली तारले बाटो छेकेर सहरलाई झन् कुरुप बनाएका छन् । अब महानगरका मेयरले तत्कालै ध्यान दिनुपर्ने विषय के छन् त ? प्रस्तुत छ महानगरको अहिलेको अवस्था झल्काउने तस्बिर कथा :

कान्तिपुरबाट

Leave a Comment