![]()
पिपुल्स न्युज काठमाडौं । मेयर उपमेयरमा देखिएको चरम भ्रस्टाचार गर्ने लोभमा सरकारी जागिर समेत छोडी चुनाब लड्न आउने हरुले टिकट नपाए पछि परे बिचल्लीमा नेपाली काँग्रेसको तर्फबाट मेयरमा चुनाव लड्न प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पदबाट राजीनामा दिएका गोविन्द शाहले टिकट पाएनन् ।
धनुषाको विदेह नगरपालिकाको मेयर पदमा चुनाव लड्न उनले एसएसपीबाट राजीनामा दिएका थिए । तर, नेपाली काँग्रेसले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
‘स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराउँछु’ पूर्व एसएसपी शाहले भने–‘जनाधार नभएको व्यक्तिलाई टिकट दिने निर्णय भएको छ, त्यसैले मेरो जित सुनिश्चित छ ।
मेयर पदमा साहसँगै योगेन्द्र यादवको नाम सिफारिस भएको थियो । काँग्रेसले योगेन्द्र यादवलाई मेयरको टिकट दिने निर्णय गरेको छ ।
एसएसपी साहले दिएको राजीनामा गत फागुन १० गते स्वीकृत भएको थियो । २०४९ चैतमा इन्स्पेक्टरबाट शाह प्रहरीमा प्रवेश गरेका थिए । २९ वर्ष सेवा अवधि पुरा गरेर उनी राजनीतिको मैदानमा गएका हुन् ।