![]()

पिपुल्स न्युज प्रदेश दुई । सके सम्म लुट्न पाउने अधिकारको लागि पार्टी प्रबेस संगै आस्वासन पाउने आधारमा उक्त अधिकार प्राप्तिका लागि हदै सम्म जाने नेपाली पार्टी जस मध्ये अग्रपंक्तिमा रहेका छन् मधेसी पार्टीहरु वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ ।
आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको हो ।

स्रोतले दिएको जानकारी अनुसार धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापरि र शहिदनगर नगरपालिकाको टिकटको लागि बरुण यादवले नपाएको भन्दै आक्रोशित समर्थकहरुले विवाद निकाल्दै नेतामाथि हातपात गरेका थिए ।
मधेश प्रदेश भरकै पालिकामा उम्मेदवारी छनोट निष्कर्षमा पुग्नका लागि बिहानदेखि बसेको बैठक स्थलमा आएर आकांक्षी उम्मेदवारहरूले टिकटका लागि नेताहरुलाई दवाव दिँदै आएका थिए ।
तर नेताहरुले उनीहरुलाई टिकट नदिई अरुलाई दिएको भन्दै आक्रोशित कार्यकर्ताहरूको भिडले बैठकमा बसेका संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव र गजाधर रोहिता यादवलगायतका शीर्ष नेताहरुको समेत उपस्थितिमा भइरहेको बैठकमा कुटपिट भएको थियो ।
सो क्रममा गजाधार यादव भने आक्रोशित यूवा कार्यकर्ताको निसानामा परेपछि उनी कुटिएका हुन् । – रातोपाटी
