अदालतको आदेश प्रति पल साह र उनका पक्षधर भए असन्तुस्ट

Loading

पिपुल्स न्युज काठमाडौं ।

अभिनेता पल शाह पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत तनहुँको आदेशपछि शाह बिहीबार जेल चलान भएका हुन् । अर्का प्रतिवादी कृष्णराज जोशीलाई भने अदालतले एक लाख धरौटी छाड्ने आदेश गरेको छ । जोशी पलका म्यानेजर हुन् । उनलाई घटनाको मतियार मानिएको छ । उनी बिहीबारै हिरासतमुक्त भएका छन् । तर उक्त आदेशमा पल शाह पक्ष सन्तुष्ट छैन ।

तनहुँ जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्ध अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । जिल्ला अदालतले हिजो पललाई पुर्पक्षका लागि थुनामा पठाउने र अर्का प्रतिवादी कृष्ण जोशीलाई १ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो  अधिवक्ता वाग्लेका अनुसार कृष्ण जोशीको हकमा अदालतको आदेश स्वीकार्दै पुर्पक्ष प्रक्रिया अगाडि बढ्ने छ भने पलको मुद्दामा पुनरावेदन गरिनेछ ।

‘फौजदारी कार्यविधि संहिताको दफा ७३ बमोजिम निवेदन लिएर पुनरावेदनमा जाने तयारी गर्दैछौं,’ उनले भने । अदालतले प्रतिवादीलाई थुनामा राख्न चाहिने तथ्य प्रमाण मुद्दाको मिसिलमा नरहेको वाग्लेले दावी गरे । अदालतको आदेशप्रति उनको असहमतिका विषयहरू यस्ता छन्-

‘अदालतले पल शाहलाई थुनामा राख्ने भनेर दिएको आदेशमा हामी सन्तुष्ट छैनौं । पहिलो कुरा, पीडित भनिएकी प्रहरीले दिएको नामले जिल्ला स्वास्थ्य कार्यालय वा अस्पतालमा दिएको व्यहोरा र प्रहरीमा गरेको व्यहोरा नै फरक छ । अस्पतालमा उनले स्ख’ल’न पर्दामा गराएको भनेकी थिइन् । तर, प्रहरीमा बयान दिँदा यौ’नीमा नै गराएको बताएकी छन् । यसमा विरोधाभास छ ।

वैशाख १४, २०७८ को बेलुका ११:५० मा घटना भएको भनिएको छ । तर, त्यसको भोलिपल्ट बिहानै ‘व्यास १२’ कोरिबाटी चिटिक्क परेर लुगा लगाएर पल शाहसँगै ढोलबाराही मन्दिरमा दर्शन गर्न गएको देखिन्छ । यो पनि स्वाभाविक छैन । राति कर’णी भएको हो भने भोलिपल्ट बिहान हा’रगु’हार गरेर प्रहरीमा जानुपर्ने । तर, दिनभरि उनी सुटिङमा सहभागी भएकी छन् । काठमाडौं पनि सँगै गएको र तत्कालै कतै उजुरी नगरिएको अवस्था छ । अहिले ९ महिनापछि आएर उजुरी गर्नु अविश्वसनीय हो ।

केही दिनभित्रै उच्च अदालत पोखरामा निवेदन दिने पल शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताए। पल शाहलाई धरौटीमा रिहा गरेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग उनीहरुले उच्च अदालतमा गर्ने भएका छन्।

‘अब हामी थुनामा राख्ने गरी भएको आदेशको उपरमा माथिल्लो निकाय जान्छौँ । यहाँको मुद्दाको प्रक्रिया अगाडि बढ्दै जान्छ । प्रमाण बुझ्ने काम हुँदै जान्छ । पल शाहलाई थुनामा राख्ने गरेको जुन आदेश हो, त्यो बदर गरी पाउँ भनेर हामी उच्च अदालत पोखरा जान्छौँ,’ उनले भने, ‘मुद्दा फैसला नभएसम्म शाह थुनामै बस्नुपर्ने हुन्छ ।’

घटना भएको भनिएको घरमा एउटा परिवार बसेका छन् । कर णी भएको थियो भने पीडितले त्यो परिवारसँग राति नै हा रगु हार गरिएको हुनुपर्‍थ्यो । त्यो अवस्था पनि छैन । उनले अलग-अलग कोठामा सुतेको स्वीकार गरेकी छन् । कमल क्षेत्रीले पनि पल आफूसँगै सुतेको बताएका छन् । आफू पहिले सुत्न गएको र पल पछि आएको उनको बयान छ । यसले पनि गायिका र पल सँगै नसुतेको देखिन्छ ।

जहाँसम्म पलले गायिकाको कोठामा गएको स्वीकारे भनि आएको समाचार छ, त्यो भनेको प्रहरीमा दिएको बयान हो । प्रहरी हिरासतभित्र दबाबमा परेर दिएको बयानमा यथार्थ अभिव्यक्त हुँदैन । पलले अदालतमा नै आफूलाई दबाबमा पारेर इच्छाविपरीत कागज गराइएको बताएका छन् । उनले कोठामा गएको भनेर अदालतमा स्वीकार नै गरेका छैनन् । गायिका सुतेको कोठामा भित्रबाट चुकुल लगाएको भनेर भनिएको छ । त्यसो हो भने मध्यराति किन खोलिन् त ढोका ? यसको स्पष्ट जवाफ छैन ।

Leave a Comment