११२ औ अन्तरास्ट्रीय नारी दिवसको अवसरमा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल द्वारा बिद्यालयमा एकदिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

Loading

चैत्र ०२ गते बुधबार ।
कैलाश माझी सप्तरी ।

११२ औ अन्तरास्ट्रीय नारी दिवसको अवसरमा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद नेपाल द्वारा बिद्यालयमा एकदिने सेनेटरी प्याड बनाउने तालिम सम्पन्न

कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद”नेपाल द्वारा  ११२ औ अन्तरास्ट्रीय नारी दिवसको अवसरमा”  आयोजित महिलाहरुको सीप तथा क्षमता अभिबृर्द्धी गराउने मुख्य  उदेश्यका साथ  अन्नपूर्ण गाउँ पालिका  भित्र रहेका निम्न माध्यमिक  बिद्यालयमा अध्यनरत कक्षा ८ र ९ का छात्राहरु लाइ  (सेनेटरी प्याड बनाउने) एक दिने तालीम  सप्पन्न भएको छ।विश्वभरीका कस्केली खोजि अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मूल नाराका साथ  स्थापित    सन २०१७ मा स्थापना भएको सस्था कास्की आदर्श समाज अन्तर्राष्ट्रिय  समन्वय परिषद”नेपाल ले कास्की जिल्लाको  अन्नपूर्ण गाउँ पालिका स्थित सभाहलमा उक्त कार्यक्रम भएको हो । कार्यक्रम प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिका प्रमुख  युबराज कुवरले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरि उदघाटन  गर्नु भएको थियो  । केन्द्रीय महिला संयोजक पुजा गिरी ले स्वागत मन्तव्य राख्दै कार्यक्रम बारेमा उदेश्य लक्ष्य   बताउनु भएको थियो त्यस पछि  लगतै प्रमुख अथितीले आफ्ना सुभकामना भनाइ राख्दै प्रवासमा रहेका कास्केली दाजुभाइ दिदिबहिनी हरुले सामाजिक कार्यको लागि सस्था स्थापना गरि अत्यन्तै  राम्रो कार्यको सुरुवात भएको र कस्केली हरुको मन अत्यन्तै खुल्ला  सहयोगि रहेको भन्दै बिशेष  धन्यवादका साथ आभार प्रकट गर्दै  जस्तो नाम उस्तै काम भनि सस्थाको प्रसंशा  गर्नु भएको थियो। कार्यक्रममा विशिष्ट  अथिती का रूपमा आफ्ना सुभकामना भनाइ राख्दै  सस्थाका संस्थापक अध्यक्ष श्री पूर्ण तिमिल्सिना ले  सस्थाले आफ्नो स्थापनाकाल देखिनै सामाजिक कार्या गर्दै आएको र सस्थाको मुख्य उदेश्यनै आफ्नो जिल्ला भित्र सामाजिक कार्य गर्नु रहेको बताउनुको  साथै  विभिन्न रोगहरु बाट जोगिन  आफ्नो स्वास्थ जिबन दैनिकी सन्चाल्नमा महिला हरुको लागि सेनेटरी प्याड उतिकै महत्त्वपूर्ण रहेको  र सोही कारण हामीले यो कार्यक्रम आयोजना गरिएको  बताउदै कार्यक्रममा  सुभकामना ब्यक्त गरेका थिए त्यस्तै गरि अर्का विशिष्ट अथिती अन्नपूर्ण गाउँपालिका शिक्षा संयोजक बलराम हुमागाई ,पोखरा टेलिभिजनका म्यानेजर  डाइरेक्टर  माधबपनेरु ,रीटनिज उपाध्यक्ष पार्वती पौडेल रेग्मी,साथै समाज सेवी बाबुराम रेग्मी ज्यु पोखरा टेलिभिजन कार्यक्रम सन्चालिका गिता तिवारी कार्यक्रममा कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद”नेपालका केन्द्रीय सचिव लक्ष्मी गिरी,नेपाल च्याप्टर सह-संयोजक सावित्री गिरि ,सह-संयोजक श्री बिकास बराल सचिव हरि ढकाल,लेखा समिति सदस्य श्री शिव गिरीको समेत  उपस्थिती रहेको थियो भने कार्यक्रममा सुभकामनाको मन्तब्य लगतै तालिम   प्रशिक्षण सुरुगरिएको थियो । अन्नपूर्ण गाउँ पालिका का विभिन्न बिध्यालय बाट  २० जना छात्रा  हरुको सहभागिता रहेको थियो भने उक्त  तालिम पखेटा नेपालनामक सस्थाका  प्रशिक्षक  सर्मिला ढुंगाना,  सुनिता खनाल ले दिनुभएको थियो । दिनभरी चलेको  उक्त कार्यक्रममा केन्द्रीय महिला संयोजक पुजा गिरीको सम्योजकत्वोमा गरिएको थियो भने क्रायक्रमको अध्यक्षता  नेपाल च्याप्टरका संयोजक बिश्वबन्दु थायाले गर्नु भयको थियो । सन्चारकर्मी सग टेलीफोन सम्बादमा  सस्था कि अध्यक्ष  सिता बराल ज्युले कार्यक्रम सफलता को सुभकामना ब्यक्त गर्नुको साथै  आफ्नो उदेश्य नै  दुर्गम दुर दराज गाउँ, गाउँ बस्ती ,बस्तीमा दिन दुखि गरिब हरुको बीचमा जनचेतना  शिक्षा, स्वास्थ्य मुलक कार्यक्रम  गर्दै लैजाने र आगामी दिनमा अन्य गाउँपालिका यो कार्यक्रम छिटो नै  क्रमश सन्चालन  गरिने जानकारी गराउनुको साथै कार्यक्रम सफल बनाउन लागि पर्नु हुने नेपाल च्याप्टरका सम्पुर्ण  साथीहरू  प्रमुख अथिती विशिष्ट  अथिती ज्यु  ,  सहभागी छात्रा हरु सन्चार कर्मी लगाएत प्रत्यक्ष अप्रत्यक्ष  रूपमा  साथ सहयोग  गर्नु हुने सबैलाई आफ्नो ब्यक्तिगत र  सस्थाको तर्फबाट  धन्यवाद  ब्यक्त  गर्नु भएको  थियो । प्रशिक्षण कार्यक्रम सकिए लगत्तै तालीम मा सहभागी प्रशिक्षार्थी छात्रा  हरु लाई  प्रमाण पत्र   सस्थापक अध्यक्ष श्री पूर्ण तिमिल्सिना  ले वितरण  गर्नु भएको थियो भने प्रमुख अथि ज्यु  र विशिष्ट अथिति पोखरा टेलिभिजनका माधब पनेरु पखेटा नेपाल नामक सस्थालाई समेत मायको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सभापतित्व  नेपाल च्याप्टर संयोजक श्री बिश्वबन्दु थापा ले  गर्नु भयको थियो । कार्यक्रमको अन्त्यमा थापाले आफूलाइ आज अत्यन्तै  खुसी लागेको र सस्थाले आगामी दिनमा यस्ता सिपमुलक योजाना  ल्याउने साथै आज सहभागी छात्रा हरुले आफुले आज सिकेको सिपलाइ अन्य साथीहरूलाई बैनीहरुलाइ सिकाउदै लैजान आग्रह गर्दै   कार्यक्रम सफल पार्न भौतिक, नैतिक साथै विभिन्न माध्यम साथ सहयोग गर्नु हुने सबैलाई  धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । उक्त कार्यक्रम  केन्द्रिय सचीव लक्ष्मी गिरि र नेपाल च्याप्टर सचिब हरि ढकाल ले सन्चालन गर्नु भएको थियोे  ।

Leave a Comment