![]()

पिपुल्स न्युज सप्तरी : सहकारी बिकास बोर्डको सदस्य नियुक्त गर्ने प्राबधान अनुसार काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी विकास बोर्डमा ५ जना सदस्य नियुक्त गरेका छन् । बोर्डका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले विभिन्न प्रदेशबाट प्रतिनिधित्व हुनेगरी सदस्य नियुक्त गर्नुभएको हो ।
यसै गरि सहकारी बिकास बोर्डको सदस्यमा मधेश प्रदेशबाट श्री शम्भुबहादुर खड्का नियुक्त हुनुभएको हो । आवद्ध बोर्ड सदस्यको कार्यकाल २ वर्षको हुनेछ । साथै सुदूरपश्चिम प्रदेशबाट दशरथ भण्डारी, लुम्बिनी प्रदेशबाट सन्दीप सापकोटा, गण्डकी प्रदेशबाट पोषणराज सुवेदी, बागमती प्रदेशबाट केदार मानन्धर हुनुभएको हो ।
यसअघि केन्द्रीय संघका तर्फबाट नेपाल कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेम पाठक र जडिबुटी केन्द्रीय सहकारी संघका अध्यक्ष ईश्वरी पाण्डे बोर्ड सदस्यमा नियुक्त भएका थिए । हाल बोर्डमा सम्बन्धित विषयमा विशेषज्ञबाट एक जनाको पद रिक्त रहेको जानकारी प्राप्त भएको छ ।
