![]()
पिपुल्स न्युज काठमाडौँ गायक दुर्गेश थापाले अभिनेता पल शाहले आफूमाथि झु’टाे आ’राेप लगाएर उम्किन खाेजेकाे बताएका छन् ।
पलले आफूलाई फ’साउने दुर्गेश थापालगायतकाे ष’ड्यन्त्र रहेकाे कुरा सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि उनले त्यसमा आफ्नाे कुनै संलग्नता नरहेकाे बताएका हुन्।
‘गल्ती उहाँहरूले गर्ने दोष हामीलाई दिन त भएन नि। गल्ती उहाँहरू गर्ने अनि सबैलाई झोस्दिएर हुन्छ त, उनले भने, पहिला हामीलाई जोगाउनुहोस भन्दै रुँदै आउने अहिले झ’म्टिएर हुन्छ?’
उनले गायिका समीक्षा अधिकारीले सहयाेग माग्दै आएपछि सहजीकरण मात्रै गरेकाे बताएका छन्।‘पलले समीक्षाकाे फाेन उठाउन र म्यासेज हेर्न छाेडेपछि समीक्षा मेराेमा रूँदै आयो होइन।
एउटी चेली रूँदै आएर पललाई खाेज्दिनु पर्याे भनेपछि मैले सहयाेग मात्रै गरेकाे हाे,उनले भने,गल्ती गरेपछि न बाउ न आमा कानुनभन्दा माथि काेही छैन्, साथी भन्ने आफ्नाे ठाउँमा भयाे।’
दुर्गेशले यसबारे आफूहरूसँग सबै प्रमाण रहेकाे र छिट्टै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने चेतावनी दिएका छन्। अभिनेता पलवि’रूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक गायिकाले आफूमाथि ज’बर्जस्ती क’रणी गरेकाे भन्दै बुधबार उजुरी दिएकी छन्। उजुरी अनुसार पलले नाबालिका माथि याै’नजन्य क्रि’याकलाप गरेकाे उल्लेख छ।
समिक्षालाई ‘पलविना बाँच्न सक्दैन’ भनेर भन्न मात्रै सिकाएको हुँ पल– समिक्षा प्रकरणमा मुछिएका गायक दुर्गेश थापाले आफ्नो कुनै गल्ती नभएको बताएका छन् पलले गल्ती गरेको दाबी गर्दै आफूलाई विना कारण दोष दिईएको बताए ।
तेस्रो आँखासँगको कुराकानीका क्रममा दुर्गेशले भने ‘गल्ती उसले गरेको छ, अनि दो’ष मैले खेप्नु पर्ने ?’ नायक पल शाहले आफूलाई नियोजित रुपमा फ’साउन खोजिएको अडियो प्रमाण सहित उक्त योजनाका योजनाकार दुर्गेश थापा सहित ४ जना रहेको सार्वजनिक गरेका थिए ।
तर यो विषयमा दुर्गेशले आफू निर्दोष रहेको दाबी गर्दै उक्त अडियोमा आफ्नो आवाज नरहेको समेत दाबी गरे । तर उनी त्यस्ता केही छलफलहरुमा भने सहभागी भएको स्वीकारे ।
‘पैसाको कुरा, अनि म’हिनावारी नभएको भनेर म्यासेज लेख्न लगाईएको अडियोमा सुनिएको आवाज मेरो हैन, उनले भने ‘त्यो सिकाउनेहरु अरु नै हुन्, तर म त्यस्ता केही मिटिङमा सहभागी भएको चाहीँ हो नै ।
उनले समिक्षालाई पैसाको योजना र म्यासेज लेख्नका लागि नसिकाएको दाबी गर्दै ‘अरु कुराहरु’ सिकाएको बताए । अरु कुरा भन्नाले ? तेस्रो आँखाको प्रश्नमा दुर्गेशले भने ‘म तपाई विना बाँच्न सक्दैन भनेर पललाई भन भनेर समिक्षालाई सिकाएको हुँ,।