![]()
फाल्गुन ०९ गते सोमबार ।
कैलाश माझी सप्तरी ।
सप्तरीको सप्तकोशी नगरपालिकामा स्थानीय सरकार सम्बद्ध नेकपा कार्यकर्ता र विपक्षी दलकासप्तकोशी नगरपालिकाका स्थानीय सरकार र प्रतिपक्षी दलबीच झडप, दुई वडाध्यक्ष एक सदस्य लगायत एक कार्यकर्ता सख्त घाइते कार्यकर्ताहरुबीच झडप भएको छ ।
विपक्षमा रहेका विभिन्न ४ राजनीतिक दलले नगरपालिकासँग विभिन्न ६ बुँदे माग राख्दै सप्तकोशी नगरपालिकालाई माघ २४ गते ७ दिने अल्टिमेटम दिएका थिए । ७ दिन भित्र नगरले कुनै प्रतिक्रिया नदिएपछि विपक्षीदलले गत बिहिबार नगरपालिकामा तालाबन्दी गरेका थिए ।
नगरपालिकाले विपक्षीदलसँग बार्ता नगरी भोली पल्ट शुक्रबार स्थानीय प्रहरीको रोहबरमा ताला खोलेको थियो । माग सम्बोधन नगरी नगपालिकाले एकलौटी रुपमा ताला खोलेको भन्दै विपक्षीदल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ताहरु नगरपालिका घेराउ गर्ने क्रममा स्थानीय सरकारमा रहेको नेकपा सम्बद्ध कार्यकर्ताहरुबीच झडप भएको हो ।
स्थानीय प्रहरी चौकी फत्तेपुर र इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट झडप अनियन्त्रित भएपछि ठुलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । झडपका क्रममा वडा नं. ४ का वडाध्यक्ष बद्री नारायण चौधरी, वडा नं. ५ का वडाध्यक्ष दिपक लेखी, वडा नं. २ का वडासद्स्य जाहिर हुसैन घाईते भएपछि उपचारका लागि अस्पताल पठाइएको छ । नेकपाका कार्यकर्ताले नगरपालिकाको भवनमाथिबाट ढुंगा प्रहार गरि आक्रमण गरेको घाइते रहेका दुवै वडाध्यक्षहरुको आरोप छ ।
घटनाबारे मेयर उत्तम कुमार शर्माले प्रतिक्रिया दिन नमानेपछि घटनाबारे बोल्दै नेपाल कम्युनिष्ट पार्टी सप्तकोशी नगर कमिटि अध्यक्ष पारस दाहालले नगरपालिका माग पुरा गर्न तयार भएपनि विपक्षीहरूकाे तमासा देखाउने याेजना रहेकाे आराेप लगाउनुभयाे ।
घटना पश्चात नगरपालिकाले विज्ञप्ती जारी गर्दै विपक्षी दलहरुले ढुंगामुढा प्रहार गरि कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर उपकरण, डिजिटल सूचना बोर्ड लगायत कार्यालयका सरसमान तोडफोड गरेको आरोप लगाएको छ । घटनाका क्रममा नेपाली कांग्रेसका वडा नं. ९ का स्थानीय कार्यकर्ता किशुन देव यादव, वडा नं. ४ का वडाध्यक्ष बद्री नारायण चौधरी सख्त घाइते भएका थिए ।
स्थानीय सरकार भ्रष्टाचारमा लिप्त भएको एवम् तानासाही प्रवृत्ति तर्फ हाबी भएको विपक्षीदलहरुको आरोप छ ।
चार विपक्षी दलको संयुक्त गठबन्धनका प्रमुख मागहरुमा आर्थिक बर्ष २०७८/७९ का ११ वटै वडाका योजनाहरु शिघ्र कार्यान्वय गर्नुपर्ने, बेरुजु एवम् आन्तरिक लेखा परिक्षणको विवरण उपलब्ध गराउनुपर्ने, कोभिड १९सँग सम्बन्धित खर्च बिबरण, सडक बोर्डबाट प्राप्त रकम खर्चको विवरण, नगरबाट संचालित निर्माण सामाग्री र उपकरणको खर्च विवरण, राष्ट्रिय मा.वि. फत्तेपुरमा निर्माण गरिएको नयाँ भवनको खर्च विवरण लगायतका विषय रहेको छ । चुनाव नजिकिदै गर्दा चुनावी माहौल निर्माण गर्न विपक्षीदलले सूचना माग गरेको स्थानीय सरकारको आरोप छ । तर बिपक्षी भने नगरपालिकाको आरोपलाई निराधार बताउँदै आएको छ । नगरपालिकाले संस्थागत रुपमा भ्रष्टाचार गरेको भन्दै विपक्षीदलहरुले चरणबद्ध आन्दोलको कार्यक्रम सार्वजनिक गरेका छन ।
अझ हेर्ने हो भने जनताले नियालीरहेको यो तान्डवमा संस्थागत भ्रष्टाचारको आरोप लगाउने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय सरकारमा ५ बर्षे स्वाद चाखिसकेका छन भने नेपाली कांग्रेस र जनता समाजवादी पार्टी पछिल्लो ४ बर्षमा प्रतिपक्षीको धर्म निर्वाह गर्न कयौँ पटक चुकेको छ । विगतमा देखिएको सत्तापक्षको भ्रष्ट आचरण र प्रतिपक्षको कमजोर प्रस्तुतीलाई जनताले नियालीरहेकै बेला भएको यो घटनाले आगामी दिनमा कस्तो परिस्थिती सृजना गर्छ त्यो भने हेर्न बाँकी छ ।