प्रदेश दुइ : अबैध उत्खनन स्थानीय निकायको मिलोमतोमा निर्धक्क हुदै

Loading

पिपुल्स न्युज : प्रदेश दुइको हरेक खोलानाला बनजंगल बाट अबैध रुपमा चोरी पैठारी हुँदा सम्बन्धित निकाय चुपलागेर बस्नुलाई नै प्रसासनको मिलोमतोमा हुदै गरेको प्रस्ट देखिन्छ कमला नदीमा अवैध उत्खनन गरिरहेको अवस्थामा ७ वटा टिपर र एकवटा स्काइभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ स्थित कमला खोला अवैध वालुवा गिट्टी उत्खन्न् गरी रहेको अवस्थामा प्रहरी चौकी पोर्ताहा धनुषा र इलाका प्रहरी कार्यालय ढल्केवरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उत्खनन गर्ने टिपर र स्काइभेटर नियन्त्रणमा लिएको हो ।

ना.८ ख ६१२४, ना.८ ख. ८३७३, प्र.२-०१-०० ३ ख ००५८, प्र २-०१-००१ख००५९, प्र २-०३-००१ ख ३२२७, प्र.२-०३-००१ ख ५०८४, प्र.२-०१-००१ख ०१११ नम्बरको ७ वटा टिपर ३०७ नम्बरको स्काइभेटर १ वटा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएको उपकरणहरु अवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति धनुषालाई बुझाएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । कपी

Leave a Comment