![]()
peoples news ktm बाबा रामरहिमका पछाडी करोडौ भक्त थिए, कानुनको कठघरामा जव उनलाई उभ्याईयो सारा हिन्दुस्तानमा राज्य विरुद्ध हिंसा भयो । वावाको अन्धभक्तहरु सडकमा चिच्याउने र रोईकराई गर्न थाले ।
तर राज्यले यथेष्ट प्रमाणका आधारमा रामरहिमलाई जेलको चिसो छिडीमैं पुर्याएर छोड्यो । त्यही नियती वावा आशाराम वापुको गिरफ्तारीलाई लिएर भयो, तर भारत सरकारले सडकको आवाज भन्दापनि कानुनको पालना गर्दै उनलाई पनि जेलमै पठाईदियो । त्यसपछि भक्तहरुले वावालाई कुकुरले सिनो छोडे जसरी छोडे ।
अहिले चितवनमा देखिएको भीड भारतीय यी दुई वावाको गिरफ्तारी पछिको घटनाक्रमलाई सम्झाउन लायकको छ, आवाजविहीनहरुको आवाज वनेर लोकप्रियता कमाएका टेलिभिजनका कार्यक्रम प्रस्तोता रविको गिरफ़्तारी पछि चियापसल देखि भट्टी सामाजिक सन्नाजलदेखि सन्चारमाध्यमसम्म यीनकै चर्चा छ । रविको पक्षमा वोलेन भने त कतिथरि गाली खाईन्छ सिमानै छैन ।
रवि माथि दुरुत्साहन गरेको साक्षी, प्रमाण र किटानी जाहेरीका आधारमा नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ । राज्य नियन्त्रित एउटा निकाय नेपाल प्रहरीलाई अनुसन्धान गर्न सहयोग गर्नुसाटो उनीहरुको मनोवल नै गिर्नेगरि भीड़ आक्रामक हुनु र अराजक वन्नु रविले भन्ने गरेको आदर्श समाजको परिचय हैन ।
अनि अनुसन्धानलाई नै प्रभावित गर्ने गरि रविका पक्षधरहरुले सडकमा लगाएको नाराका दृश्यकै भरमा राज्यको न्यायपालिका र कार्यपालिका प्रभावित वन्नुहुन्न ।
रविले न्याय पाउनुपर्छ भन्नेहरु एकपटक सोच्नुहोस् कलिलो उमेरमै विधवा वनेकी शालिकराम पुडासैनीकै श्रीमतीको लागि न्याय माग्न पाउनुपर्छ कि पर्दैन । रवि त निर्दोष भए आज भोलि नै छुट्लान्,दोषी भए २/४ वर्षमा फेरि टेलिभिजनको स्क्रिनमा ‘टुडिखेलको विचमा वसेर उडेर, घुमेर नाकको डाडी भाच्न मन लागेको छ ‘ भन्दै जनताको मन जित्न आउलान् तर शालिक लाई यो धर्तीवाट विदा हुन वाध्य पारेर उनको श्रीमतीको खोसिएको सिउदोको सिन्दुर भर्न शालिक फेरि आउने छैनन् ।
‘’हामी न्यायको पक्षमा छौ, निर्दोष नफसोस्, दोषी नवचोस् ।’’ ulyalo nepal