![]()
पिपुल्स न्युज प्रदेश दुई, माघ । सयुँक्त युवा विद्यार्थी संगठनले वीरगञ्ज राजधानी नभएको आक्रोशमा आज सिटी जुलुश निकालेका छन् ।
संगठनका अध्यक्ष मोहमद नेजामको अध्यक्षतामा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसबाट निस्किएको सिटी जुलुश आदर्शनगर हुँदै माइस्थानमा पुगेर टुंगिएको थियो ।
सिटी जुलुशमा सहभागी विद्यार्थी नेताहरुले ‘मुख्यमन्त्री मुर्दावाद, विद्यायकहरु मुर्दावाद, वीरगञ्जलाई राजधानी कायम गर’ लगायतका नारा लगाएर आक्रोश पोखेका थिए ।
प्रदर्शनमा नेविसंघका पूर्व केन्द्रिय सदस्य सुधिर पटेल, अरुण यादव, लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) पर्साका उपाध्यक्ष सुजित गिरी, अनेरास्ववियु ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटी अध्यक्ष आशिफ अहमद, अखिल क्रान्तिकारी वीरगञ्ज महानगर सचिव मिरोज अहमद लगायतको उपस्थिती रहेको थियो ।
यसअघि वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गरेका उनीहरुले मसाल जुलुश पनि निकालेका थिए ।