भोलि देखि जोर बिजोर प्रणाली यस्तो अबस्थामा लागु हुने छैन

Loading

पिपुल्स न्युज काठमाडौं – काठमाडौं उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुको बैठकले शुक्रबार रातिबाट सवारी साधनमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेका छन् । नयाँ भेरियन्टसहितको कोरोना भाइरस संक्रमण बढेकाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सिडिओहरुको संयुक्त बैठक बसेर नयाँ आदेश जारी भएको हो ।

नयाँ भेरियन्ट ओमिक्रोनसहितको संक्रमण तीब्र रुपमा बढ्दै गएकाले रोग रोकथाम, नियन्त्रणलाई थप प्रभावकारी बनाउन मापदण्ड तोकिएको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । अधिकारीका अनुसार औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्याँस, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), खाद्यान्न र पानीको गाडीमा यो प्रणाली लागु हुने छैनन् ।

यस्तै दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र), परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन लगायतमा जोर बिजोर प्रणाली लागु हुने छैन ।

यस्तै परिचयपत्रको आधारमा वैक, बीमा र बित्तीय संस्था, वायुसेवा कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, सूचना तथा प्रशारण विभागवाट जारी पत्रकार परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, कुटनैतिक नियोगका सवारी साधनलाई जोर बिजोर प्रणाली लागु हुँदैन।

यसैगरी लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरु देखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) लाई उपलध गराउने, लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षणगर्ने व्यवस्था मिलाउने, राष्ट्रिय राजमार्गहरुमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरुले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने उल्लेख छ ।

Leave a Comment